प्रहरी कार्यालयको मुख्यालय भवन शिलन्यास


बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनीबार  एक कार्यक्रमवीच शिलन्यास गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव श्री मदन भुजेलबाट उक्त भवन शिलन्यास गरिएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको  भवनको एक समारोहका बिच शिलन्यास गरिएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनु भएको छ । 

उँहाका अनुसार तिन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड अमुमान गरी १३१८ स्क्वायर मिटर (१४१८१.६८ वर्गफिट) मा भवन निर्माण हुनेछ । चालु आर्थिक वर्षको लागि उक्त मन्त्रालयबाट रु. ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सवै सम्पन्न गरी रु. ३,०३,२४,६००.६५ मा निर्माण कम्पनीसंग सम्झौता समेत भई निर्माण कार्य प्रारम्भ भएको छ । 

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य सुभारम्भ गरिएको हो ।



बागमती प्रदेश प्रहरी हाल संघीय अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आ.व. मा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । समग्रमा हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट  सहयोग प्राप्त भई सकेको छ । 




, , , , ,