खाडीचौउरमा बन्यो कोभिड अस्पताल


कुमार बस्नेत(अधिराज)सिन्धुपाल्चोक जिल्लाको खाडी चौउर मा रहेको  सिन्धु सदावहार अस्पताललाइ कोभीड अस्पताल बनाइने भएको छ ।


कोभिड अस्पतालको रुपमा अस्पताललाई प्रयोग गरेपछि अन्य विारमीहरु डराएर नआउँदा अस्पताललाई आर्थिक भार हुने भएपछि दुइ गाउँपालिकाले अस्पताल सञ्चालनको लागि सुरुमा पाँच÷पाँच लाख रुपियाँ अनुदानको रुपमा उपलब्ध गराउने निर्णय का साथ सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार गर्ने गरी अस्पतालसँग दुइ गाउँपालिकाले सम्झौता गरे पछी कोभिड अस्पताल बन्ने भएको हो । पछील्लो अबस्थामा सिन्धुपाल्चोकमा कोरोना संक्रमितहरु बढ्दै गएपछि निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको हो । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड नपाउने भएपछि दुइ गाउँपालिकाले सिन्धु सदावहार अस्पतालसँग सम्झौता गरेर कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेका बताउँनु भयो । उँहाले अस्पतालसँग भएको स्वास्थ्य उपकरण,जनशक्ति लगायत तत्कालका लागि सबै प्रयोग हुने र नपुग जनशक्ति र स्वास्थ्य सामग्री दुवै गाउँपालिकाले व्यवस्थापन गर्ने गरि सम्झोैता भएको बताउँनु भयो । सुनकोशी गाउँपालिकाका अध्यक्षश्रवणकुमार जिसी बिनोदले गाउँपालिकाहरुमा भएको स्वास्थ्य चौकीमा केही उपकरणसहित कोरोना संक्रमितहरुको उपचारको लागि बेडहरु तयार गरिए पनि स्वास्थ्य चौकीहरुमा डाक्टरहरु नहुदा उपचारमा समस्या हुने भएकाले निजी क्षेत्रबाटै सञ्चालन भएको अस्पतालमा उपचारको लागि सुरु गरिएको बताउँनु भयो ।उँहाका अनुसार प्रदेश सरकारको स्वास्थ्य कार्यविधि अनुसार नै कोभिड अस्पताल सञ्चालन गरिने तयारी भएको र कोरोना संक्रमितहरुको आइतबारदेखि सिन्धु सदावहार अस्पतालमा उपचार सुरु गरिने भएको छ ।लिसंखु पाखर र सुनकोशी गाँउपालीकाले गरेको  जनपक्षीय कामको सबत्र प्रशंसा गरिएको छ। 


, , , , , ,