सिन्धुपाल्चोकलाइ परिक्षण मेशिन उपलब्ध गराइने


सिन्धुपाल्चोक जिल्ल्ला भित्रै कोराना परिक्षणको ब्यबस्था मिलाउँने प्रकृया अगाडी बढाइने भएको छ । बिहीबार बागमती प्रदेशका सामाजिक बिकास मंन्त्री . सरस्वती बस्नेत र  बन बाताबरण तथा पर्यटन मन्त्री सरेस नेपाल बिच यस्तो छलफल भएको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।


श्रोतका अनुसार छलफलका क्रममा नेपालले सिन्धुपाल्चोक जिल्ला भित्र कोरोना महामारीको स्थिति अबगत गराउँनु भएको थियो । सोही अबशरमा  प्राकृतिक बिपदले निरन्तर जनधनको ठूलो क्षति ब्यहोरिरहेको सिन्धुपाल्चोक जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमण तिब्र भैरहेको प्रति  सामाजिक मन्त्री बस्नेतको ध्यानाकर्षण गराउँदै जिल्लाभित्रै परिक्षण गर्ने उपकरण उपलब्ध गराउन आबश्यक भएको समेत नेपालले बताउँनु भयो  । उँहाले भेन्टीलेटर, आईसियूको त के कुरा आईसोलेशन वार्ड, अक्सिजन समेतको अभाव छ । जिल्ला भरिमा एउटा पनि पिसिआर परिक्षण उपकरण छैन । रिपोर्ट पाउन ४÷५ दिन पर्खन पर्छ  भन्नु भयो । सो अबसरमा मन्त्री बस्नेतले वास्तवमा सिन्धुपाल्चोक जिल्ललाइ उपकरणको आबश्यक हो भन्दै जिल्लाको मागको आधारमा आर्थिक सहयोग गर्न प्रदेश तयार भएको र जिल्लाभित्रै परिक्षण गर्ने उपकरण उपलब्ध गराउन प्रकृया अघि बढाई हाल्ने प्रतिबद्वता जनाउनु भएको मन्त्री  नेपालले जानकारी दिनु भएको छ। 


, , , , ,