थुम्पाखरमा १००बेडको कोभिड अस्पताल बन्ने

 

बिपना तामाङ्गगोले ,सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालीका वडानं स्थित थुम्पाखर खेल मैदानमा १००बेडको अक्सिजन सहीतको अस्पताल बन्ने भएको छ ।


नेपाली कांग्रेसका  केन्द्रीय सदस्य खेलकुद बिभागका संयोजक पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले केही दिन अघि सिन्धुपाल्चोकमा कोभिड केन्द्र बनाउने प्रतिबद्धता अनुसार सुनकोसी गाउँपालिका वडा नं ६ थुम्पाखरको खेल मैदानमा तयार हुने भएको हो  ।

बिश्व भर फैलिएको कोभिड महामारी बाट सिन्धुपाल्चोक मात्रै नभएर पुरै देश त्राही त्राही भैरहेको बेला सिन्धुपाल्चोकमा पनि गाउँगाउँमा संक्रमितको संख्या गुणात्मक रुपमा बढ्दै गइरहेको छ ।


“पहिला जनता बचाउ अनि राजनीति गर“ भन्ने सिद्धान्तका साथ  सिन्धुपाल्चोकका जनतामा यस्तो अवस्था आईनपरोस् भन्नाका खातिर एकसय वटा बेड, एकसय वटा अक्सिजन लगायत भेण्टिलेटर र अनुभवी चिकित्सक समेत रहने गरि उक्त कोभिड केन्द्र तयार गर्न लागीएको हो ।

यस को लागि चाहिने अक्सिजन, बेड लगायतका सामग्रीहरु समेत आइसकेको कुरा सुनकोसी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापा ले जानकारी दिनु भयो ।

उँहाका अनुसार  हामी तमाम नागरिकको अभिावकका रुपा रहनु भएको बस्नेतले जिल्लाका हरेक अस्पताल हरेक पालीकाका नागरिकलाइ आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुका साथै यँहा अस्पताल निर्माणमा लाग्नु भएको हो ।

नेता बस्नेतले आफ्नै निजि गाडी बिरामीले इन्धन खर्च समेत व्यहोर्नु नपर्ने गरि एम्बुलेन्सको रुपमा संचालन गर्न दिईसक्नु भएको छ भने नेपाली कांग्रेसका १ नं क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सुनकोसी–६ का रामचन्द्र थापा लगायतले आफ्नो निजि गाडिबाट एम्बुलेन्सको रुपमा सेवा दिईरहनु भएको  छ । नेपाली कांग्रेसकै अधिराजकुमार बस्नेत(कुमार) ले खाडिचौर अँधेरिमा रहेको आफ्नो मोटर वर्कसपबाट कोभिडका बिरामी बोक्ने निजि सवारी तथा एम्बुलेन्स लाई निशुल्क रुपमा मर्मत गरिरहनु भएको छ ।



, , , , , , , ,