चौसागढीनपाद्धारा आफ्नै खर्चमा खोप खरिदगर्न माग


सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न को लागि अनुमित माग गरेको छ । नगरपालिकाको बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरबासीको स्वास्थय सुरक्षाका लागी आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद गर्नका लागी चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमान सिंह तामाङ्गले जानकारी दिनु भएको छ ।


उँहाले कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै नगरवासीको जीवन रक्षा गर्न नगरकै स्रोत साधनले खोप किन्न अनुमित मागेको बताउँनु भयो  ।  बैठकको निर्णयपछि नगरले बिहीबारै खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको  प्मुख प्रशासकीय अधिकृत फणेन्द्र प्रसाद  पौडेल ले जानकारी दिनु भयो ।  माग पत्रमा ‘सम्भव भएसम्म संघीय सरकारबाटै खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ,’  भनीएको छ  ।  कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा सबैभन्दा बढी प्रभावित बनेको छ । 


, , , , , , , , ,