घरेलुकार्यलय सिन्धुपाल्चोकले शुरु गर्यो अनुगमन

 

सिन्धुपाल्चोक जिल्ला घरेलु तथा सानाउद्योग कार्यलयले निषेधाज्ञाका बेला म्याद गुज्रेका औष्धी तथा अन्य सामानहरु बिक्री बितरण गर्न सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाइ अनुगमन का कार्यलाइ पनी तिब्रता दिएको छ ।


अनुगमनकै क्रममा मङ्गलबार घरेलु तथा साना उद्योग कार्यालयकै नेतृत्वमा ,  प्रहरी–प्रशासन, स्थानीय तह तथा पत्रकारहरूको संयुक्त टोलीले कोभिड–१९ को कारणले विहान (१० बजेसम्म) खाडीचौर बजारमा  अनुगमन गरेको छ ।

खाडीचौउरमा रहेको स्वास्थ्य सस्थाहरु  औषधी पसल  खाद्यान्नका होलसेल पसलहरुमा खाद्यान्न पसल, खाना पकाउने ग्यास र कोभिड संक्रमनबाट जोगाउने मास्क, स्यानिटाइजर, ग्लोभ्स र अक्सिजन सिलिन्डरको उपलब्धता, मौज्दात, मूल्य , र म्याद सकिएका सामानहरुको समेत का बारेमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा घरेलु तथा सानाउद्योग कार्यलय  सिन्धुपाल्चोकका प्रमुख रामशरण गौतमले स्वास्थ्यको मापदण्ड अपनाउँदै सरकारले तोकेको समयमा  सहज र शुरक्षित रुपमा सामान विक्री वितरणको लागि औषधी पसल र खाद्यन्न पसलका सञ्चालकहरुलाइ अनुरोध गर्नु भयो ।

अनुगमन पछी जिल्लाका अन्य शहर गाँउहरुमा पनी अनुगमन गरिने र यो अबस्थामा गैर कानुनी काम गरेको पाइएमा आबश्यक  तत्काल आबश्यक कानुनी कार्बही समेत गरिने बताउँनु हँदै उपभोक्ताहरुले पनी सामान खरिद गर्दा म्याद गुज्रेका सामान हेरेर मात्र खरिद गर्न र सामान खरिद गर्दा अनिबार्यरुपमा बिल  लीन समेत अनुरोध गर्नु भएको  छ ।  


, , , , , ,