सिन्धु सदावहार अस्पतालमा कोभिडको पनी उपचार हुने



कुमार बस्नेत (अधिराज)सिन्धु पाल्चोक जिल्लाको खाडी चौउरमा रहेको सदावहार अस्पतालमा अब देखी कोभिड बिरामीको पनी उपचार हुने भएको छ ।


सुनकोशी गाउँपालिका र लिसंखु पाखर गाउँपालिकाद्वारा संयुक्त रूपमा सञ्चालित सिन्धु सदाबहार अस्पतालमा आइतबारबाट कोभिड बिरामी उपचारका लागी कोभिड अस्पतालको शुरुवात गरेको हो  । आइतबारसुनकोशी गाउँपालिकाका अध्यक्ष श्री श्रवण कुमार जि. सी. (विनोद) र लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष श्री कमल प्र. नेपाल ले कोभिडका बिरामीको उपचारका लागी आवश्यक सामानहरू संयुक्त रूपमा अस्पताललाई हस्तान्तरण गर्नु भएपछी उपचारको शुरुवात गर्न लागेको हो । कोभिड का बिरामीका लागि  २५ शैयाको केयर युनिट सुनकोसि गाउँपालिकाको सिन्धु सदाबहार अस्पतालमा छुट्टै व्यवस्था गरिएको अध्यक्ष जि सि ले बताउनु भयो।उँहाले सकेसम्म अस्पतालमा उपचार गर्न आउँनै नपरोस भन्दै त्यसका लागी घरबाट बाहिर ननिस्कनु तथा घरबाट बाहिर निस्कनै परे पनि मास्क र स्यानिटाईजरको प्रयोग तथा भौतिक दुरी कायम राखी आफू पनि सुरक्षित रही अरूलाई पनि सुरक्षित राख्नु हुन अनुरोधे गर्नु भयो ।उाहाले सबै वडामा एम्बुलेन्स लगायत जनताका लागि कोरानाको सुरक्षाको सामन उपलब्ध गराउने जनताको जिउ धनको सुरक्षा को लागि कुनै कसुर बाकि नराख्ने पनि बताउनु भयो । लिसंखु पाखर गाँउपालीकाका अध्यक्ष कमल नेपालले सदाबाहार अस्पताललाइ  कोभिडका बिरामीलाइ उपचार गराउँनका लागी कुनै पनी कमी हुन नदीन अनुरोध गर्दे आबश्यक समाग्री नपुग भएमा दुबै पालीका मिलेर सहयोग गर्न सकिने बताउँनु भयो ।उँहाले अहीलेको अबस्थामा सबैमिलेर बिरामकिो उपचारमा लाग्न पर्ने बताउँनु भयो ।  उपचारका लागीगाँउपालीकहरुले  आबश्यक सहयोग उपलब्ध गराएर यस अस्पताललाइ कोभिड१९का बिरामीलाइ उपचार गर्न सहयोग गरिदिनु भएकोमा अस्पताल का डा. रोषन थापा श्रेष्ठ ले बताउँनुभयो । 


, , , , , , ,