उद्योग वाणिज्य सँघ सिन्धुपाल्चोकले कोष स्थपना


रूपक पुरी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले कोभिड १९ को संक्रमण रोकथामका लागि  एक कोष खडा गरेको छ ।


उक्त कोषमा पदाधिकारी तथा सघ साँग आब४हरु बाट ८ लाख रुपैयाँ जम्मा भइ सकेको  छ । उद्योग वाणिज्य सँघ सिन्धुपाल्चोकको भर्चुअल बैठकको माध्यमबाट सिन्धुपाल्चोकमा कोरोना रोकथामका लागि सो कोष खडा गरिएको हो । देशभर फैलँदै गरेको कोरोना भाइरसको दोस्रो लहरबाट सिन्धुपाल्चोक पनि धेरै प्रभावित बन्न पुगेकाले त्यसको रोकथामका लागि संघ अगाडि बढेको हो । समाजमा महामारी फैलँदा केही सेवा गर्न पहिलो आर्थिक कुरा नै अगाडि आउने भएकाले कोरोना रोकथाम कोष खडा गरिएको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले बताउनुभयो । अध्यक्ष बस्नेतका अनुसार ‘यो रकमबाट जिल्लामा आवश्यक परेको सामग्रीहरु वितरणका लागि खरिद गरिनेछ । उहाँका अनुसार ‘जिल्लाका हरेक गाउँका लागि मास्क, सेनिटाइजर, अक्सिजनलगायत सामग्रीका लागि यो रकम खर्चिनेछ ।’ उहाँले नेपाल हिमालय सीमापार बाणिज्य संघ सँगको संयोजनमा कोष सञ्चालन गरिने समेत बताउनुभयो । संघले अध्यक्ष बस्नेतको संयोजकत्वमा कोभिड १९ राहत कोष व्यवस्थापन समितिसमेत निर्माण गरेको छ । बस्नेतको संयोजकत्वमा संघका द्धितीय उपाध्यक्ष अमृत कार्की, तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमिल्सिना र कोषाध्यक्ष उमेश प्रधान सदस्य रहनुभएको छ । त्यस्तै संघले बन्देउ र मेलम्चीमा कोभिड १९ रोकथामका लागि राखिएको वेटिङ सेन्टरमा खानेपानीको व्यवस्था गर्नेसमेत निर्णय गरेको छ । संघले उद्यमी व्यवसायीलाई सुरक्षाका मापदण्ड अपनाई व्यवसाय सञ्चालनगर्न अपिल गर्दै कोष मा सहयोग गर्न चाहानुहुने जो काहीले पनी  जे जस्तो सकीन्छ त्यही अनुसार  सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ । 


, , , , ,