बाह्र्बिसेका सबै वडामा अक्सिजन सहितको आईसोलेशन



सिन्धु पाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालीकाका सबै वडाका स्वास्थ्य कार्यलय तथा सामुदायीक भवनमा अक्सिजन सहितको आईसोलेसनको ब्यबस्था गरिने भएको छ।


बाह्र्बिसे नगरपालीकाले आफ्ना नगरका नागरिकलाइ स्वास्थ्य सुबिधाबाट बञ्चीत हुन नपरोस र महामारीमा घर दैलो मानै स्वास्थ्य सेवा पुगोस भन्ने उद्धेश्यका साथ नगर प्रमुख निमफुञ्जो शेर्पाले यो अभियान चmलाउँन लाग्नु भएको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण हाल नेपालमा उच्चदरमा फैलिरहेको अवस्थामा कयौं मानिसहरू अक्सिजनको अभावका कारण ज्यान गुमाईरहेका छन् । यस विपद्को घडीमा विभन्न अस्पताल , स्वास्थ्य संस्थाहरूमा चरम अक्सिजनको आवश्यक बडि रहेको अवस्थालाई मध्यनजर गरि कोरोना रोकथाम र नियन्त्रण गर्नको निमित्त बाह्रबिसे नगरपालिका नगर प्रमुख निम फुन्जो शेर्पा बिशेष पहलमा यो ब्यबस्था गर्नलागीएको हो । 

 बागमती प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माननीय सरेश नेपालको समन्वयमा बाह्रबिसे नगरपालिका बाट संचालित आईसोलेसन सेन्टरमा तत्कालका लागि अत्यावश्यक अक्सिजन ग्यास सहितको २४ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको छ । यस संगै हाल अहिले बाह्रबिसे नगरपालिका आईसोलेसन सेन्टरमा ३५ सेट अक्सिजन ग्यास सिलिन्डर तयारी अवस्थामा रहेको छ र आइतबार नै ४२ थान अक्सिजन सिलिण्डर भर्न पठाइएको छ र सोमबार सम्म लगभग ८० थान अक्सिजन सिलिन्डरको व्यवस्था हुने छ । साथै केही दिन भित्र यस बाह्रबिसे नगरपालिकाले ५ थान अक्सिजन कन्सर्नट्रेटरको व्यवस्थापन गर्ने नगर प्रमुखज्युबाट प्रतिबद्वता व्यक्त गर्नुभएको छ । अहीले यो अबस्थामा नगरका नागरिकहरुको स्वास्थ्य सुरक्षा का साथै खाद्यन्नको समेत ब्यवस्था गर्न  नगरपालीकाका कुनै पनी नागरिकलाइ परेको समस्या आफैलाइ परेको सम्झेर नगरपालीकाले सहयोग गरि रहेको छ ।

यो महामारी बाट नागरिकलाइ कसरी जोगाउँने र नागरकलाइ पर्न जाने खाद्यन्न,औषधी उपचार तथा  अन्य समस्याका समाधान कसरी गर्न सकिन्छ भनेर कार्यपालीकाको बैठक बसी आबश्यक सहयोगका कार्यक्रम ल्याउँन लागेको छ । यसका  लागी कार्यपालीकाको बैठक सोमबार बस्ने भएको छ ।   बाह्रबिसे नगरपालिका ले नगर भित्र लक्षण देखीएका हरुको स्वाव समेत सङ्कलन गरिपरिक्षण गर्ने ब्यबस्था गरिरहेको यस सिसिलामा वडा नं २ को तल्लो खण्ड काभ्रे, बसेरी, मासखर्क लगायत आसपासका स्थानियहरूमा ऋयखष्म ज्ञढ संग मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन,गरिएको छ ।

स्वाब सङ्कलन गर्दै नगरपालीकाको उप प्रमुख शुसिला पाख्रीनले अहिले अत्यन्तै संवेदनशील समय हाम्रो समुदायमा नै संक्रमित हुन शुरूवात गरिसक्यो भन्नु हुँदै उँहाले  हार्दिकता पूर्वक सम्पूर्ण नगरबासी आमाबुवा,दाजूभाइ दिदिबहिनी उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पालना गर्दै घरैमा सुरक्षित बसिदिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ । 





, , , , ,