डा.कोइरालाद्धारा५अस्पताललाइ अक्सिजन प्रदान




करुणा फाउण्डेसन नेपालले नेदरल्याण्ड्सका सहयोगी हातहरु मार्फत जुटाउन सकेको ३० थान अक्सिजन कन्सन्ट्रेटर ५ वटा अस्पतालहरुलाई बैसाख ३१ गते हस्तान्तरण गरेको छ ।


संस्थाका अध्यक्ष डा. भगवान कोइराला तथा संस्थाका कार्यकारी निर्देशक दीपकराज सापकोटाले धुलीखेल अस्पताल, धुलीखेललाई ८ वटा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई ८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुलाई १० वटा, टीकापुर अस्पताल, कैलालीलाई २ वटा, आडारा, हुम्लालाई २ वटा सात लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।


हामी यथासक्य चाडो थप अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउनका लागि पहल समेत गरिरहेका छौं । 

कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको अवस्थामा थोरै भए पनि मानवीय सहयोग गर्न पाउँदा करुणा फाउण्डेसन नेपालले सन्तोष अनुभव गरेको संस्थाका कार्यकारी निर्देशक दिपकारज सापकोटाले बताउनुभयो । यस सहयोगले अस्पतालहरुमा चिकित्साकर्मीले गरिरहेको उदाहरणीय कार्यमा मद्दत पुगेर केही जीवनहरु बचाउन सकिने विश्वास समेत वहाँले व्यक्त गर्नुभयो । साथै सन् २०२० मा गरिएको कोभिड प्रतिकार्यमा समेत संस्थाले २ वटा आइसियु बेड, ३६५ वटा पिपिइ सेट, स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ३९ मेडिकल उपकरण किट, ९८६ एन९५ मास्क लगताय खाद्य सामग्री, तथा सरसफाई सामग्री र उपकरणहरु सहयोग गरेको थियो । 

चिकित्सक तथा अन्य स्वास्थकर्मीहरुको यस घडीको कर्तव्य निवारणलाई संस्था सलाम गर्न चाहन्छौँ ।र यस कठिन अवस्थामा समेत संस्थाले अन्य थप सहयोगहरु जुटाउन निरन्तर प्रयास गरिरहने कुरा फाउण्डेसनका सञ्चार अधिकृत प्रबिना तण्डुकारले जानकारि दिनु भएको  छ ।उँहाले  सहयोग गर्न चाहानुहुनेहरुले दिपकराज सापकोटा, कार्यकारी निर्देशक, ९८५१०२१८८२ र प्रबिना तण्डुकार, सञ्चार अधिकृत, ९८४१६१९३५४मा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ । 


, , , , , , ,