पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा जिल्ला कोभिड स्वास्थ्य इकाई गठन


चौतारा । नेकपा माओवादी केन्द्रले बढ्दो कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचारका लागि जिल्ला कोभिड स्वास्थ्य इकाई गठन गरेको छ । विहीबार बसेको नेकपा माओवादी केन्द्रले पूर्व सामाजिक विकास मन्त्री एवम् वागमति प्रदेश सदस्य युवराज दुलाल शरदको संयोजकत्वमा जिल्ला कोभिड स्वास्थ्य इकाइ गठन गरेको हो ।




केन्द्रले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला स्तरिय कोभिड राहत कोषको पनि स्थापना गरेको जनाएको छ । कोषमा पार्टी मातहतको जनप्रतिनिधिहरुको एकमहिनाको तलबभत्ता दाखिला हुने र पार्टी कार्यकर्ता र शुभचिन्तकहरुलाई सहयोगको अपिल पनि गरेको छ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चौतारा साँगाचोकगढी नगरपालिका आफैले खोप किनेर जनताको स्वास्थ्य सुरक्षाप्रति देखाएको तदारुकता प्रशंसनीय रहेको भन्दै अरु पालिकाले पनि त्यस्तै गर्न आग्रह गरेको छ ।

उपल्लो कमिटी सदस्य सिफारिस तथा स्थानीय पार्टी संगठन पुनर्संरचना र  निर्माणका लागि केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज माधव सापकोटा सुवोधको संयोजकत्वमा  ७ सदस्यीय कार्यदल गठन गरेको विज्ञप्तिमा उल्लेख छ । मनुसनको पूर्व सन्ध्यमा संभावित विपद जोखिमको सामना गर्न सबै सरोकार निकायलाई आग्रह गर्दै सिंगो पार्टी सक्रीयतापूर्वक लाग्ने प्रतिवद्धतामा पनि विज्ञप्तिमा उल्लेख छ ।


, , , , ,