फलफूल खेती मा त्रिपुरा पाँच अगाडी


सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर पाँच तौथली छिपीगाँउ अहीले फलफुल खेतीमा अग्रस्थानमा रहेको छ ।त्यहा  बिभिन्न फलफूल हरु लगाँदै आइरहेकोछ।


दश बर्ष सम्मा आफ्नो ज्यान बाजीमा राखी जनयुद्ध लड्नुभएको बिष्णु कुमार श्रेष्ठ, अखण्ड,  अहिले  कृषि  सम्बन्धि काममा लागिरहनु भएको छ। उहाँले दश बर्षा सम्मको त्यो कठिन जनयुद्धको यात्रा कदापि भुल्नुभएको छैन।आफ्नो ज्यान त कम्जोर पार्नुभयो नै त्यो सँगै आफ्नो जेठो छोरा नरेश कुमार श्रेष्ठ, सन्देश, लाई पनि सदासदाको लागि गुमाउनु भयो।

यो पिडादायी घटना उहाँको लागि जिबनभर बिर्सन नसक्नु भाबुक घट्ना बनेका छन्। उहाँले दश बर्ष सम्म जनयुद्ध लडि देश प्रतिको संघर्ष सँगै अहिले कृषि क्षेत्रमा लागिरहनु भएको छ।

अखण्डको अनुसार बर्तमान अवस्थालाई न्युनिकरणमा गरि चाक्ला बन्दिको अबधारणालाई ध्यानमा राखी मुख्य, , केरा, कागती,र कफि लगाई आइरहनुभएको छ। जसमध्ये केरा खेती चालिस रोपनीमा  कागती बिस रोपनी र कफी पाँच रोपनी जग्गामा लाउँदै आइरहनुभएको छ।

  उहाँको उमेरले बुढेसकालले छोय पनि उहाँको जाँगर र मिहेनत कहिल्यै पनि बुढो हन सकेन। जतिबेला पनि उहाँ आफ्नो खेतबारीमा माटो चलाईरहनु भएको हुन्छन्। अखण्ड को भनाइ अनुसार अझै पुर्ख्यौली अनुभब अनुसारको फलफूल जस्तै मेवा, आरुआरुबखडा, लप्सी, अम्बा र नयाँ फलफूल एबोकाडो र ड्रागन फ्युड लगाउने बिचार गरिरहनु भएकोछ। पालिकाको बिभिन्न सामाग्रीहरु र धेरथोर रकम अनुदानको सहयोगले उहाँले , सन्देश कृषि फर्म , खोल्नुभएको छ।

यसै सिलसिलामा त्रिपुरा सन्देश कृषि फर्म पनि कृषि क्षेत्रमा फलफूल खेती तर्फ ध्यानाकर्षण गराउनुभयो। बाँजिएको जमिनहरुमा यसै गरि बिभिन्न फलफूलहरु लगाउन युवाहरुलाई ध्यानाकर्षण गरि अनुरोध पनि गरिरहनु भएको छ। फलफूल खेती गर्दा श्रम शक्तिको कमि, आम्दानी मा खाद्यान्न भन्दा बढी आम्दानी हने र एकचोटि लगाईसके पछि घरिघरि लगाउन नपर्ने भएकाले यो खेति गर्नतिर ध्यानाकर्षण गर्नुभएको उहाँले बताउनु भयो। उहाँको मिहेनत देखेर सबै युबहरुले पनि यस्तै बिभिन्न कृषि सम्बन्धित काम गरुन यसै पालिकाका प्रमुख भुपेन्द्र श्रेष्ठले बताउनु भएको छ। बजारको ब्यबस्थापन, सिँचाइको लागि आधुनिकीकरण, सहुलियत ब्याजको परियोजना, धितोको ऋण ,नाम होईन काम गरिखानेलाई अनुदान राज्यको निम्ति बन्नु पर्छ भनि अखण्डको भनाई रहेको छ। आफ्नो बिभिन्न फलफूल खेतिको निरिक्षण गर्न बेलाबेलामा यसै त्रिपुरा सुन्दरी गाउँ पालिका भित्रका कृषि प्राबिधिक पदम शाही आइ बिभिन्न सुझाब सल्लाह दिइरहनु भएको श्रेष्ठ  बताउँनुहुन्छ।


, , ,