पत्रकारिता दिवसको अवसरमा बिभीन्न पत्रकारहरु सम्मानीत


छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा वि.सं. २०७६ र २०७७ सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कारघोषणा कार्यक्रम आयोजना गरिएको छ  ।




निश्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक पत्रकारिताको माध्यमवाट राष्ट्रिय हित प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका वरिष्ठ पत्रकारहरुलाई वरिष्ठ पत्रकार सम्मान र वरिष्ठ पत्रकारहरु वा आमसञ्चार माध्यमहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल सरकारवाट प्रदान गरिंदै आएको छ । यस समबन्धमा मन्त्रालयले वि. सं. २०७६ र २०७७  सालको सम्मान र पुरस्कारको नाम सिफारिस गर्न नेपाल सरकार (मा. मन्त्रीस्तर) को मिति २०७७पौष२१ को निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका का. वा. अध्यक्ष श्री गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष श्री गोविन्द आचार्य एवं विज्ञ सदस्यको रुपमाश्री तीर्थ कोइराला, श्री राजेन्द्र मानन्धर, डा. समिक्षा कोइराला तथा सहसचिव शोभाकान्त पौडेल सदस्य सचिव रहेको सिफारिस समिति गठन भएको थियो । उक्त सिफारिस समितिले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, द्दण्ठद्द ले तोकेका मापदण्ड एवं समितिले निर्धारण गरेका अन्य मापदण्डहरुका समेतका आधारमा वि.सं. २०७६ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना वरिष्ठ पत्रकारहरु श्री स्व. सुकदेव नेपाल (अग्नि शिखा) (मरणोपरान्त), काठमाडौं, र श्री हर्ष सुब्बा, सुनसरीलाई, २०७७ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना वरिष्ठ पत्रकारहरु श्री रघु मैनाली, काठमाडौं, र श्री शार्दुल भट्टराइ, काठमाडौंलाई प्रदान गरिएको मन्त्रालयका सहसचिब शोभाकान्ता पौडेलले जानकारी दिनु भएको छ । उँहाका अनुसार  २०७६ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि श्री इन्द्रमान बुढा (उजिर मगर),बाग्लुङ्ग, श्री मात्रिका पौडेल, रामेछाप,  श्री संगीता खड्का, काठमाडौं,  श्री शेषराज दाहाल, सिन्धुली,  श्री हेमन्त बहादुर बि.क, बाँके र श्री सितल साह,  धनुषा र २०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि श्री दिलिप कुमार थापा मगर,  भक्तपुर,  श्री दिपेन न्यौपाने, मोरङ्ग,  श्री दुर्गाप्रसाद शर्मा, पर्वत,  श्री शुरोजंग पाण्डे, दोलखा,  श्री नितु पण्डित, नुवाकोट र श्री पूनम पौडेल, ललितपुरलाई सिफारिस गरेकोले आज छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उल्लेखित वरिष्ठ पत्रकारहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने निर्णय भएको पौडेलले  प्रेस विज्ञप्ति बिज्ञेपतीमार्फत जानकारी गराउँनु भएको  छ ।सोही अबशरमा मन्त्री गुरुङ्गले  छापा पत्रिका गोरखापत्रको शुभारम्भ भएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण आमसञ्चार क्षेत्रलाई शुभकामना दिनुभयो । राजनैतिकएवं सामाजिक परिवर्तनहरुमा पत्रकारहरुको योगदान सदैव महत्वपूर्ण रहेकोले आफ्नो क्षमताको उच्चतमयोगदान गर्न अनुरोध गर्दै कोभिड –१९ का कारण साधारण कार्यक्रममा खुम्चिएको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार कार्यक्रम उपयुक्त समयमा कार्यक्रम आयोजना गरी प्रदान गरिने व्यवस्था मिलाइने भएकोले पुरस्कृत हुनुहुने सम्पूर्ण वरिष्ठ पत्रकारहरुलाई बधाई दिनुभयो ।श्रमजिवी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार कल्याण कोषको परिचालन लगायत लोककल्याणकारी विज्ञापन र अनुदान सहायता मार्फत आमसञ्चार क्षेत्रको समस्या सम्वोधन गरिने हुँदा कोभिड– १९ लाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश संप्रेषण गर्न, सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्न एवं जवाफदेहिता बहन गर्न आमसञ्चार क्षेत्रलाई आव्हान समेत गर्नुभयो। यसै गरी कोभिड–१९ को संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्रहरु एकजुट भई जुटिरहेकोले संयमित हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सवैमा अपिल गर्नुभयो ।मन्त्रालयकासचिव हरि प्रसाद बस्यालले वाट छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण आमसञ्चारकर्मी र पुरस्कृत हुनुहुने पत्रकारहरुलाई शुभकामना दिंदै जनताका आवाज उजागर गर्ने, सरकारलाई घचघच्याउने, सुशासन कायम गर्ने पत्रकारिता क्षेत्रको उज्जवल भविष्यको कामना गर्नुभयो ।आमसञ्चार क्षेत्रमा उजागर भएका समस्याहरु सम्वोधन गर्न संस्थागत एवं नीतिगत सुधारका कार्यहरु मन्त्रालयवाट अघि बढाइएको उल्लेख गर्दै देशको गाउँ गाउँसम्म सूचनाको मेरुदण्ड मानिएको गोरखापत्रको समेत स्थापना दिवस परेकोले संस्थानको उज्जवल भविष्यको कामना गर्नुभयो ।  वि.सं. २०७६ र २०७७ सालको वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ पत्रकारहरु तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने वरिष्ठ पत्रकारहरुलाई मन्त्रालयको तर्फवाट समेत पौडेलले बिज्ञेप्ती मार्फत हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्नु भएको छ


, , , ,