चौतारासाँगाचोकगढी १०,११,१२ सिल



चौतारासाँगाचोकगढी नगरपालीका मा पछील्लो पटक कोराना सक्रमितको संख्या बढे पछी वडा नं १०  ११ र १२ सिल गरिएको छ । 


प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल ले बुधबार आदेश  जारी गर्दै उक्त वडाका केही भागहरु  सिल गरिएको जानकारी दिनु भएको हो ।

यसरी सिल गरे पछी साँगाचोक प्रहरी कार्यलय बाट अनाबश्यक हिड डुल गर्न बन्द गरेकोछ भने मानीसहरुको आबत जावत लाइ कडाइ गरिएको छ ।

साँगाचोक प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद जङ्ग कार्कीका ले   सिल गरिएका स्थानहरुमा  आबता जावत पुरै बन्द गरिएको र अन्य स्थानमा समेत अनाबश्यक हिड डुल गर्न  रोक लगाइएको  जानकारी दिनु भएको छ । उँहाले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयको  निर्देशन बमोजिम आफुहरुले काम गरिरहेको बताउँदै  नागरिककै स्वास्थ्यका लागी सिल गरिएको र  निषेधाज्ञा गरिएको ले  यसको पालना गर्नु सबैको दाइत्व रहेको बताउँनुभयो।

चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै हिजो एकैदिनमा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो ।चौतारा साँगाचोकगढी नगरपालीकाका जिम्मेवारी ब्यक्तीहरुलाइ कोरोना पुस्टी भए पछी नगरापालीकाले सेवाहरु स्थगित गरेको छ । 

यसै गरी  चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ले पनी वडा कार्यलयबाट हुने सबै प्रकारका सेवाहरु अर्काै सुचना प्रकाशित नभए सम्मका लागी स्थगित गर्दै घरबाट बाहीर ननिस्कन र घरमा बस्दा पनी स्वास्थ्य मापदण्ड को प्रयोग गर्न भनेकोछ ।


वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले वडा भित्र कसैलाइ पनी  कुनै पनी रोगबाट पिडा नहोस भन्नका लागी घरबाट बाही ननिस्कन र सक्रमीत वडाहरुमा आवत जावत नगर्न अनुरोध गर्नु भएको छ । उँहाले यदी कसैलाइ कुनैप्रकारको समस्या परेमा आफुलाइफोन मार्फत जानकारी दिन समेत अनुरोध गर्नु भएकोछ ।  चौतारा बजार क्षेत्रमा पनी बढी सक्रमित देखीएकाले डरलाग्दो स्थिती देखीएको छ ।

चौतारा बजार क्षेत्र पर्ने वडा नं ५का वडा अध्यक्ष नरमान श्रेष्ठले  बजारमा सबै लाइ थाहा छ बजारमा सक्रमित बढेको बढै छ हामीले सुरक्षीत  साथ बस्न आग्रह गरेका छौ  भन्नु हुँदै अझ स्थिती भयाबह हुन सक्ने भएका ले  स्वास्थ्यमापदण्ड अपनाउँन र निषेधाज्ञा पालना गर्न सबैमा अनुरोध गर्नु भएको छ ।   


, , , , ,