काँग्रेसका खाँणद्धाराकोभिडउपचाका बारेमा ध्यानकर्षण


नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा आइतबार  ध्यानाकर्षण गराउनु भएको छ  । उँहाले . सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको हो, तसर्थ कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले राज्यका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउनका लागि दु्रतगतिमा विदेशबाट खोप आयात गर्नु पर्नेबारेमा प्रमुख सचेतकले ध्यानाकर्षण गराउनु भयो । कुराकानीको क्रममा उहाँले कोही पनि नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नओस् र त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गरियोस् भनि माग गर्नु भयो ।


जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोश्रो डोज दिन बाँकी रहेको र दोश्रो डोज दिने समय सीमा धेरै काम रहेकोले यथाशक्य चाडो दोश्रो खोप दिने व्यवस्था गरियोस् भन्ने विषयमा जोड दिनु भयो । त्यसै गरी प्रमुख सचेतक खाँणले देशभर अक्सिजनको अभावमा संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको बारे मन्त्रीलाई स्मरण गराउनु भयो । यसरी अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिण्डर आयात गर्ने देखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत सरकारलाई अनुरोध गर्नु भयो । हाल स्वास्थ्य सामग्री र उपकरणहरुको अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका विरामीहरुको समेत उपचारमा कठिनाई भइरहेको छ । यस विषयमा सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्ने कुरामा प्रमुख सचेतकले जोड दिनु भयो । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्नु पर्ने बताउनु भयो ।  


, , , , ,