ईन्द्रावतीमा कोरोनाबाट दुई जनाको मृत्युु


   रूपक पुरी 

 कोरोना संक्रमणबाट ईन्द्रावतीमा दुईजनाको मृत्युु भएको छ ।  कोरोनाको कारण इन्द्रावती ९ की ९० बर्षीय महिला र वडा नम्बर ४ का  ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।


 ६० वर्षीय पुरुषको आईतबार दिउँसो र ९० वर्षकी महिलाको बिहान मृत्युु भएको छ । पुरुष बिरामी भएर उपचारको लागि नवलपुर अस्पतालमा लगिएको थियो । उहाँको उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । मृत्यु पश्चात् एन्टिजेन मार्फत परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको छ ।त्यस्तै महिलाको होम आईसोलेसनमा रहेको समयमै घरमै मृत्युु भएको हो ।  शवको अत्यष्टि नेपाली सेनाले गरेको छ । यसअघि एक बृद्धको पनि कोरोनाको कारण मृत्युु भईसकेको छ ।



, , , , ,