चौसागढीको गाँउघरमै स्वावसङ्कलन एकैदिन ३०सक्रमित


सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीको स्वाब संकलनगर्न  थालेको छ ।


नगरपालिकाले कोरोनाको दोस्रो लहर सुरू भएसँगै संक्रमित बढेकाले स्वाव संकलनलाई तीब्रता बढाएको हो ।नगरपालिकाका स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर स्वाब लिने गरेका छन् । हालसम्म नगरपालिकाले १ हजार २ सय ५६ को स्वाब संकलन गरेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिब पुरीले  जानकारी दिनु भएको छ। उँहाका अनुसार मङ्गल बार मात्रै पिपलडाँडा र कदमबास गरि २०६जना को स्वाव सङ्कलन गरिएको छ । बुधबार स्वास्थ्य टोलीले, चौतारा साँगाचोकगढी नगरपालिका ६ स्थित गिदाने वडा नं १४ ठूलोसिरूवारीमा स्वाब संकलन गरिने कार्यक्रम रहेको समेत पुरीले जानकारी दिनु भएको  छ । यसअघि संक्रमित भएकाहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो । आइतबार वडा नं ११को १००जनको सङ्कलन गरिएकोमा ८जनामा सक्रमित देखीएको छ उँहाहरुलाइ  घरमा नै सुरक्षित बस्न र केही समस्या परेमा तत्काल शिबपुरी लगायतका सम्पर्क ब्यक्तीहरुलाइ सम्पर्क राख्न  अनुरोध गरिएको छ । ४०२जनको रिपोर्ट आउँन बाकी रहेको छ यसै बिच  सिन्धुपाल्चोकमा मङ्गलबार एकैदिन ३० जना कोरोना संक्रमित थपिदाँ १ जनाको मृत्यु भएको छ । एक सय ४८ जनाको स्वाब नमुना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमण हुनेमा मेलम्ची नगरपालिका १२ का मात्रै १८ जना रहेका छन् । हिजो १९ जनाको स्वाब नमुना संकलन गरिएकोमा १८ जनामा कोभिड पुष्टि भएको श्वास्थ्य कार्यालय , चौताराले जनाएको छ । त्यस्तै चौतारा सँगाचोकगढी नगरपालिका ११ का एक सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको हो ।



, , , , , ,