सिन्धुपाल्चोेकमा निषेधाज्ञा थप

सिन्धुपाल्चोेकमा जिल्लामा पुनः १ साताको लागि  निषेधाज्ञाथप गरिएको छ । पछिल्लो पटक जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी  गरिएकोमा १ साता थप गरी जेठ २१ राती १२ बजेसम्मको लागि  थप गरिएको हो ।




जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको  बैठकले लकडाउन थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनु भएको छ । साथै उँहाले हामी स्वस्थ्य रहे मात्र अरु काम गर्न सकिने  कुरालाइ ध्यानमा राखी  जारी निषेधाज्ञाको पुर्ण रुपले पालना गर्न सबैमा अनुरोध गर्नु भएको छ । 


, , , , , ,