रानिटार युवा क्लबद्वारा स्वास्थ्य उपकरण बितरण सहित स्वास्थ्य परिक्षण केन्द्र शुरु

 


जिबन भण्डारी 



सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १४ को रानिटार युवा क्लबले आधार भुथ स्वास्थ्य केन्द्र स्ष्पना गरेको छ । क्लबले वडा भित्रको ३ टोल  असिने, रानिटार , गैरिटारमा प्रत्येक ब्यक्तिलाइ सजग रहन आग्रह गर्दै  मास्क, बितरण साथै आधारभुत स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरि सेवा शुरु गरेको  हो  ।



क्लबको सदस्यहरुले  सामुहिक आर्थिक सङ्कलन गरि स्वास्थ्य सामग्री खरिद गरि वडा कार्यालयलाई सामाग्री हस्तान्तरण गरि सोही सामाग्री पुनस् क्लब मार्फत बितरण तथा स्वास्थ्य परिक्षण शुरु गरेका छन सर्वसाधारणहरु कोहि बिरामी भएको अबस्थामा रोग प्रतिरोधी क्षमता बढाउने  भिटामिन सि र डिका साथै जिङ्क चक्की जस्ता सामाग्री आवश्यकता अनुसार बितरण गर्न आग्रह गरि स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका छन ।कोरोना भाइरसको सङ्क्रमण फैलिएको अबस्थामा क्लबको सक्रीयतामा गाँउको घर घरमा स्वयम सेवक गएर मास्क बितरण गरेका छन भने बिहान बेलुका पसलमा सामाग्री किन्ने बजार र मुख्य २ ओटा चोकमा आधारभुत स्वास्थ्य परिक्षण शुरु गरेको हो ।जनचेतना सबैमा हुदा समेत सर्वसाधारणले मस्क प्रयोग नगर्ने गरेको र सेनिटाइजरको प्रयोग नगर्ने गरेको कारण क्लबले सर्बसाधारणलाई मुख्य चोकमा सहयोग केन्द्र स्थापना गरि ज्वरो नाप्ने , शरिरमा अक्सिजनको लेवल परिक्षण गर्ने जस्ता आधारभुत स्वास्थ्य परिक्षण सेवा शुरु गरेका छन ।क्लबले जिल्लामा हुने निशेधाज्ञा भरी परिक्षण केन्द्र संचालन गर्ने र अझ धेरै आर्थिक सङ्कलन हुन सके वडा भरीकै मुख्य मुख्य चोकबाट सर्वसाधारणको स्वास्थ्य परिक्षण सहित मास्क सेनिटाइजर बितरण गर्ने क्लबका अध्यक्ष मन कुमार तामाङले बताउनु भयो ।

, , , , ,