पत्रकार महासंघ , सिन्धुपाल्चोककोअनुरोध


 नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठले आम संचारकर्मीहरुलाई थप मनोबल प्रदान गर्न र प्रोत्साहन दिन नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले “कोभिड १९ पत्रकार राहतकोष“को स्थापना गरिएको हुँदा त्यस कोषमा  सहयोगको लागी सबै साँग अनुरोध गर्नु भएको छ । श्रेष्ठले बढ्दो कोरोना माहामारीबीच पनि आफ्नो ज्यानको प्रवाह नगरी अनवरत, अवछिन्नरुपमा  जनजनलाई सूचना र समाचार संप्रेषणमा समर्पित सिन्धुका सञ्चारकर्मीहरुको सुरक्षाको दायित्व तपाईं हाम्रो पनि हो ।  श्रमको पसिना चुहाउदै आफ्नो दैनिकी जसोतसो घिसारी रहेका संचारकर्मीहरु एकातिर कोभिड १९ का कारण पारिश्रमिक बाट बिमूख हुन बाध्य छन भने अर्कोतिर संचार गृहबाट नै बिस्थापित हुनु परेको छ ।


यो विषम परिस्थितिमा यदि कोही संचारकर्मी कोरोना संक्रमणबाट प्रताडित हुनुप¥यो भने सायद आर्थिक अवरोहको सिंढीमा बसेर मृत्यु कुर्नु बाहेक अरु बिकल्प नहुन सक्छ । अत यो विषम परिस्थितिलाई चिर्दै आम संचारकर्मीहरुलाई थप मनोबल प्रदान गर्न र प्रोत्साहन दिन नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले “कोभिड १९ पत्रकार राहतकोष“को स्थापना गरिएको हुँदा यहाँको सहयोगको हार्दिक अपेक्षा गरिएको छ । मानवीयताको यो महासंग्राममा तपाईको आर्थिक सहयोग हाम्रा लागि अभेद कवच हुनेछ । निश्चय पनि तपाईको साथ, सहयोग र सद्भाव सिन्धु पत्रकारिताको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ  भन्नु भएको छ । उँहाले  सहयोग गर्न चहानु हुन्छ भने निम्न महानुभावलाई वा मेगा बैंक चौतारा शाखामा रहेको नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको खाता न०१४००६०००३७२२  मा डिपोजिट गर्न सकिने बताउँदै जीवन श्रेष्ठ ९८५१२२९४९४दिनेश थापा९८५१२०१०५२ बिदुरआचार्य९८५११३४६०२नेत्र पौडेल ९८४९७२१५४८ सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।   यसै बिच नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले स्थापना गरेको “कोभिड १९ पत्रकार राहत कोष“मा चौतारा निवासी सविन श्रेष्ठले  रु दस हजार सहयोग गर्नु भएको छ । यसरी सहयोग गर्नु भएकोमा अध्यक्ष श्रेष्ठले व्यावसायसँगै समाजसेवामा समर्पित श्रेष्ठको यो सहयोग सिन्धु पत्रकारिताको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ भन्नु भएको छ  । उाहाले महासंघको तर्फबाट आफ्नो कमाईको केही हिस्सा सञ्चार जगतका लागि समर्पित गर्नुहुने चौतारास्पोर्टिङ क्लबका अध्यक्ष, कोमल मनका धनी सविन श्रेष्ठलाई समृद्ध जीवनको शुभकामनासहित हार्दिक  धन्यवाद ब्यक्त गर्नु भएको छ ।


, , , , ,