संक्रमणबाट वीरगंजमा थप ५ जनाको मृत्यु


मुकेश बस्नेत

वीरगंज, १० जेठ । 

कोरोना संक्रमणबाट सोमवार वीरगंजमा थप ५ जनाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनु भएको छ  । 


मृतकमध्ये पर्सा र बाराका २÷२जना र सर्लाहीका १ जना रहेका छन  । 

नारायणी अस्पतालमा वीरगंज–३२ चोर्नीका ३५ वर्षीय पुरूषको सोमवार बिहान ५ बजे मृत्यु भएको छ । त्यस्तै पर्साको बिन्दबासिनी गाउँँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरूषको सोमवार बिहान पौने १ बजे उनको मृत्यु भएको डा दासले बताउँनु भयो  । 

बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरूषको सोमवार बिहान १० बजे मृत्यु भएको छ भने बारा जिल्ला घर भएका ४० वर्षीय पुरूषको राति साढे १२ बजे मृत्यु भएको डा दासले बताउँनुभयो । 

सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरूषको संक्रमणबाट सोमवार बिहान पौने ७ बजे मृत्यु भएको डा दासले जानकारी दिनु भयो  । 


,