क्रसर अनुगमन मापदण्ड विपरित सञ्चालित दुई स्काभेर कारबार्हिमा

 

रूपक पुरी

 इन्द्रावती गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरी दुई स्काभेटरलाई समेत कार्वाही गरेको छ । अवैध रुपमा उत्खनन् भइरहेको भन्ने स्थानियको ब्यापक जनगुनासो र खोलाको धारनै परिवर्तन हुनेगरि उत्खनन गरेको पाइएपछि अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनका क्रममा गाउँपालिकाले तोकेको अधिकतम २ मिटर भन्दा पनि गहिराइमा उत्खनन् गर्ने २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरसैनिले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।



उत्खनन्का लागि अनुमति पाएका गाउँपालिका भित्रका ५ वटा क्रसरहरु मध्ये अवैध उत्खनन् गरिरहेका २ वटा स्काभेटर लाई आवश्यक कारबार्हिको लागि प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक सञ्जिब योन्जनले बताउनुभयो ।



गाउँपालिकाको यो नियमित अनुगमन नै हो । यसभन्दा अघिपनि गाउँपालिकाले पटक पटक अनुगमन गरि अवैध रुपमा उत्खनन् नगर्न निर्देशन दिदै आएको थियो । क्रसरको लागि छुट्याइएको एरिया भन्दा पनि बाहिर र मापदण्ड भन्दा विपरित सञ्चालित क्रसरलाई आवश्यकता अनुसार कारबार्हि गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पौडेलले बताउनुभयो ।

क्रसरहरु मापदण्ड विपरित सञ्चालित भएपछि मेलमची नगरपालिकाले उत्खननमै रोक लगाएको छ ।

 इन्द्रावतिमा सञ्चालित क्रसरहरुले गर्दा यहाँका सयौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाईको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।


, , , , ,