तत्काल स्वास्थ्य सामग्री तथा उपकरणहरुढुवानी गर्न काँग्रेसको माग


नोपली काँग्रेसले तत्काल स्वस्थ्य सामाग्रीहरुको ढुवानी गर्न माग गरेको छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण द्धरा बिज्ञेप्ती जारी गर्दै यस्तो माग गरेको हो ।


उँहाद्धारा जारी बिज्ञेप्तीमा  कोभिड १९ महामारीको कारणले दिनानुदिन संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि हुँदै गइरहेका छ । यस्तो विषम परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई कोभिड संक्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन । स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहको छ ।

स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन् । 

तसर्थ यस गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँदछौं भनीएको छ । 


, , , , , , ,