पर्साको ग्रामीण नाकाबाट नेपाल–भारतका नागरिकहरु निर्धक्क आवागमन

 

मुकेश बस्नेत

वीरगंज, १० जेठ । 

कोभिड सङ्कट व्यवस्थापन केन्द्र, पर्साले मुख्य नाकाबाहेक अन्य नाका आवतजावतको लागि बन्द गरेको भए पनि अहिले पर्साको ग्रामीण नाकाबाट नेपाल–भारतका नागरिकहरु निर्धक्क आवागमन गर्दैछन् । 

पर्सा जिल्लाको ठोरी, जगरनाथपुर, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी गाउँपालिका र वीरगंज महानगरपालिकासँग भारतको भिखना ठोरी, इनर्वा, सिकटा, मैनाटार, भेलाही, रक्सौल सीमानाका पर्दछन् । यहाँबाट अहिलेसम्म मानिसहरूको आवागमन रोकिएको छैन । सामानहरू खरीद गर्नको लागि लुकीछिपी भारत जाने र आउने क्रम जारी छ । 

लुकीछिपी नाकाबाट मानिसहरूको आवतजावत भइरहेको छ र सुरक्ष्ाँकर्मीहरूले रोक्न सकेका छैनन् । पहिलो चरणको कोरोनामा भारतबाट आउनेहरूको पिसिआर परीक्ष्ँण गरी क्वारेन्टाइनमा राख्ने र घर फर्काउने गरिएको थियो । अहिले कुनै पनि गापाले क्वारेन्टाइन बनाएको छैन । गत वर्ष क्वारेन्टाइनको लहर चलेको थियो र सबै पालिकाले क्वारेन्टाइन बनाएका थिए भने यसपटक आइसोलेशनको लहर चलेको छ र सबैले आइसोलेशन बनाएका छन् ।