सिन्धुपाल्चोकको १२ पालीकामा कसले कती बजेट पाउँछन


आब २०७८÷७९को नयाँ बजेटमा सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालीकाले सबै भन्दा धेरै र त्रिपुरासुन्दरी गाँउपालीका सबै भन्दा थारै बजेट पाउँने पालीका परेको छ । आगामी आर्थिक वर्षका लागि सिन्धुपाल्चोकका १२ वटा स्थानीयले जम्मा कुल चार अर्ब ४३ करोड ८३ लाख केन्द्रीय अनुदान पाउने भएका छन् चौतारासाँगाचोकगढी नगरपालीकाले ६३ करोड ४५ लाख पाउँदा त्रिपुरा सुन्दरी गाँउपालीकाले  छब्बीस करोड २६ लाख पाउनेछ । तीन नगरपालिकाले पाउने कुल एक अर्ब ५६ करोडबाट मेलम्ची नगरपालिकाको भागमा यो अनुदान ५६ करोड ६ लाख र बाह्रविसेले ३६ करोड ७६ लाख पर्छ ।

गाउँपालिकामा सबै भन्दा बढी बजेट इन्द्रावतीका लागि छुट्टिएको छ । इन्द्रावतीले बाह्रविसे नगरपालिकाको भन्दा बढी पाउनेछ । जिल्लाभर इन्द्रावती कार्यसम्पादन तर्फ सबै भन्दा बढी बजेट पाउने स्थानीय तह हो ।

सरकारले चौतारा र मेलम्चीका लागि न्यूनतम तीन करोड ५० लाख र बाह्रविसेका लागि तीन करोड छुट्याएको थियो । त्यस्तै गाउँपालिकामा पनि न्यूनतम अनुदान इन्द्रावती र पाँचपोखरीले पाएको छ । यी दुई गाउँपालिकालाई बाह्रविसे नगरपालिकाको जस्तै समान तीन तीन करोड न्यूनतम अनुदान विनियोजन गरिएको हो । अन्य गाउँपालिकाले दुई करोड ७५ लाख न्यूनतम अनुदान बजेट पाएका छन् ।

कार्यसम्पादनका आधारमा विनियोजित रकममा जिल्लामा सबैभन्दा उत्कृष्ट ठहरिएको इन्द्रावतीले यो शिर्षकबाट ५४ लाख पाएको छ । कार्यसम्पादनमा पछि परेको सुनकोशीले ३३ लाख मात्रै पाएको हो ।

स्थानीय तहले पाउने कुल बजेटमा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, शसर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदानबाट जम्मा गरि कुल अनुदान विनियोजन गरिन्छ । कुन पालीकाले कती पाउँछन अनुदान

क्रं सं पालिका                                  बजेट

१. चौतारा साँगाचोकगढी नपा            ६३,४५,०००००।–

२. मेलम्ची नपा                               ५६,०६,०००००।–

३. बाह्रबिसे नपा                               ३६,७६,०००००।–

४. ईन्द्रावती गाउँपालिका                   ४५,२३,०००००।–

५. जुगल गाउँपालिका                      ३२,१०,०००००।–

६. त्रिपुरासुन्दरी गाउँपालिका              २६,२६,०००००।–

७. पाँचपोखरी थाङपाल गाउँपालिका     ३४,८९,०००००।–

८. बलेफी गाउँपालिका                       ३२,०३,०००००।–

९. भोटेकोशी गाउँपालिका                  २६,८७,०००००।–

१०. लिसंखुपाखर गाउँपालिका            २७,६४,०००००।–

११. सुनकोशी गाउँपालिका                 ३२,०२,०००००।–

१२. हेलम्बु गाउँपालिका                    ३०,५२,०००००।–


, , , ,