पत्रकार महासंघद्रारा १ सय ४२ सिलिण्डर अक्सिजन भरेर वितरण

जेठ १५ ,सिन्धुपाल्चोक


नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सुनसरी पुगेर एक सय ४२ सिलिण्डरमा अक्सिजन भरेर सिन्धुपाल्चोक ल्याएको छ ।


सो अक्सिजन चौतारा अस्पताल ६० थान, खाडिचौरस्थित सिन्धु सदावहार अस्पताललाई २५ थान र जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई ५७ थान हस्तान्तरण गरिएको छ । चौतारा अस्पतालमा रहेका र सिल्क कम्पनीले हस्तान्तरण गरेको सिलिण्डरमा पत्रकार महासंघको खर्चमा अक्सिजन भरेर सुनसरीबाट सिन्धुपाल्चोक ल्याइएको हो ।

महासंघले खडा गरेको कोभिड १९ पत्रकार कोषबाट रकम खर्चिएको हो । कुल उठेको मध्ये ४० प्रतिशत सर्वसाधारणा लागि रकम प्रयोग गरिने कार्यविधि अनुसार अक्सिजन ल्याएको महासंघले जनाएको छ । महासंघले उक्त कोषबाट कोरोना संक्रमित भएका शाखामा सदस्य रहेका ६ जना पत्रकारलाई नगद १० हजार सहित आवस्यक सामाग्रि सहयोग उपलग्ध गराएको अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो । महासंघ नागरिक समाजको अगुवा संस्था भएकाले नागरिकको हितका लागि काम गरेको पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।यो महामारी र महासंकटलाई परास्त गर्न एक आपसको समन्वय र सहकार्यलाई शीरोधार्य गर्नुको विकल्प छैन । त्यसैले पत्रकार महासंघ, सिन्धुपाल्चोकले अक्सिजन अभाव झेलिरहेका जिल्लाको संक्रमितहरुका लागि सुनसरी पुगेर १४२ थान सिलिन्डरमा अक्सिजन भरी म्ऋऋःऋ लाई ९२ थान, चौतारा अस्पताल र सदाबहार अस्पताल खाडीचौरलाई २५र२५ थान उपलब्ध गराएको छ । जिल्लाका संक्रमित पत्रकारहरुको उपचारमा सजता, समन्वय र सहयोग गर्ने हेतुले स्थापित महासंघ कोभिड १९ राहत कोषूमा संकलित रकमबाट सो सामाजिक दायित्व पनि महासंघले निर्वाह गरेको हो । मानवताको पक्षमा, कोभिड विरुद्धको यो महासंग्राममा आफैले आफैका लागि मात्र सोच्दा र गर्दा सिङ्गो मानव जातीकै अस्तित्वमाथी आँच आउने पक्कै छ । त्यसैले हामीले हाम्रो सानो घेरालाई तोड्दै फराकिलो घेरामा जोड्न सफल भएका छौं र यो बीच जिल्लाका संक्रमित ६ पत्रकार मध्य ३ पत्रकारलाई कार्यविधि अनुसार आर्थिक सहयोग गरि सकेको र बाँकीलाई भोलिसम्म उपलबध गराइने जानकारी दिन चहान्छौं । हाम्रो अभियानमा सहकार्य, समन्वय र सहयोग गर्नु हुने संपूर्ण सहयोगदाताहरुप्रती नमन र फेरि पनि हामी पत्रकार मित्रहरुलाई केन्द्रीयतामा राखेर नागरिक अगुवा संस्था भएको हैसियतले सामाजिक जिम्मेवारीलाई पनि जिवन्त राख्ने प्रतिबद्धता जाहेर गर्दछौभन्नु भयो

अहिले कोभिड १९ बाट जिल्लावासीलाई जोगाउन र विशेष गरि सिन्धुपाल्चोकमा कोरोना संक्रमण फैलन नदिन संस्था तथा व्यक्तिहरुको सहयोग बढ्दै गएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति, विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, अस्पताललगायत स्वास्थ्य केन्द्रमा अहिले व्यक्ति तथा संस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने क्रम वढेको छ ।साताअघि नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गराएको थियो ।

त्यस्तै व्यापारीहरुको संस्था सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत जिल्लाा रहेका अस्पताल र सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरि कोरोना रोकथाममा ऐक्यवद्धता जनाएको छ ।नेपाली कांग्रेसका नेता तथा पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबीच जिल्लाभरका चार अस्पतालमा बेडसहित अक्सिजन उपलब्ध गराएका छन् । सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट केन्द्र स्थापना हुँदैछ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रकम विनियोजित भइसकेको छ ।    

, , , , , ,