दोलखा भिमसेनको शिलामा दाँया बायाँ पसिना सङ्कटको सङ्केत


दोलखाको सुप्रसिद्ध  शक्तीशाली भीमेश्वर मन्दिरमा पसिना आएको छ । मन्दीरमा रहेको शिलामा शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ३० मिनेटसम्म पसिना आएको हो  ।


दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । त्यसअघि २०७६ फागुन ८ गते पसिना आएको र पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो ।

भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको जानकारी दिनु भयो ।  शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताउँनु भयो खाश गरि शिलाको दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। राजाको पालामा पसिना आउँदा राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो भने अहीलेको समयमा राष्टपती कार्यलयमा पठाइने गरिएको ले आइतबार राष्ट्र् पतीका कार्यलयमा पठाइन लागेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रमुद जिल्ला अधिकार िबासुदेब अधिकारीका अनुसार पसिना आएको अबधीभर पुजारी तथ पुजा ब्यबस्थापन समितीका पदाधिकारीहरुले   चलन चल्ती अनुसार पुजा पाठ गरीएको थियो 


, , , ,