मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने

 

गगनशिला खड्का

गुल्मी – सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ ।  जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो  ।



गुल्मी क्षेत्र नं. १ का सांसद समेत रहेको ज्ञवालीले

‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ विनियोजन गरिएको छ’,  भन्नु भयो ।

कोरोना भाइरसको संक्रमणका बिरामीलाई अक्सिजन अभाव भएको समाचार पछि मन्त्री ज्ञवालीले जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न पहल गर्नू भएको थियो ।

पाँच बेडको आइसीयु स्थापना

मन्त्री ज्ञवालीका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि थप रकमको प्रबन्ध गरिँदै छ । 

कोभिडका बिरामीलाई उपचारका लागि समस्या हुन नदिन र ठूलो खर्चमा अन्यत्र लैजानु पर्ने अवस्था आउन नदिनका लागि आईसीयू स्थापना गर्न पहल गरिएको उहाँको भनाई रहेको छ । 

त्यसका साथै जिल्लाको रुरु, श्रृंगा, जोहांग (खैरेनी) र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध हुने पनि मन्त्री ज्ञवालीले बताउँनु भयो  । 

यस प्रक्रियामा महत्वपूर्ण सहयोग पु¥याउने अर्थमन्त्री र स्वास्थ्यमन्त्री लगायतसबै सहयोगीहरूलाई उहाँले धन्यवाद दिनुभएको छ। 

कोरोना भाइरसको महामारी शुरु भएपछि गतवर्ष मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराउँनु भएको थियो । 


, , , , ,