इन्द्रावती १०मा बाटोको पिच शुरु


सिन्धु पाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका १० मा मोटर बाटो पिच गर्ने काम सुरू भएको छ। राष्ट्रिय योजना आयोग र इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत  इन्द्रावती गाउँपालिका वडा नं १० को मोटरबाटोको कालोपत्रे कार्य सुरुवात भएको हो  डौठे डाँडा गैटार मोटरबाटो सुरूभएको हो।


१५ मिटर फराकिलो उक्त बाटो २२०० मिटर पिच हुनेछ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले राष्ट्रिय योजना आयोगमा साझेदारी कार्यक्रमको लागी बजेटबिनियोजन गर्न गरेको अनुरोधका आधारमा राष्ट्रिय योजना आयोगको रु ४ करोड र इन्द्रावती गाउँपालिकाको रु ४ करोड गरि कुल ८ करोड बजेटमा कालोपत्रे कार्य प्रारम्भ गरिएको वडा नं १०का वडाअध्यक्ष जिबन  थापाले बताउँनु भयो ।

इन्द्रावती – ११ न्यौपानेटार देखी इन्द्रावती–१० बुढिचौर सम्म करिब ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको जानकारी दिदै प्रेस सल्लाहकार दिनेश चौलागाइले उक्त योजना अन्तर्गत पहिलो चरणमा न्यौपानेटार देखि वडा नं– १० को वडा कार्यालयसम्म करिब २ किमि कालोपत्रे यसपटक गरिने बताउँनु भयो  ।


, , , ,