बन्दाबन्दीमा महिला तथाबालिका माथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि अ‍ेरेकको ध्यानाकर्षण




  

महिला पुनस्र्थापना केन्द्रओरेकलेबन्दाबन्दीमा महिला तथाबालिका माथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि   ध्यानाकर्षण गराएको छ । ओरेकका कार्यकारी निर्देशक  लुभराज न्यौपानेले बन्दाबन्दीमा महिला तथा बालिका माथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि बिज्ञेव्ती मार्फत यसरी ध्यानाकर्षण गराउनु भएको हो । 


उँहाद्धारा जारी बिज्ञेव्ती मा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण विश्वपुनःआतंकित अवस्थामा रहेको छ । यस महामारीले सबै जाति,उमेर, वर्ग, लिङ्ग, विकसित, अल्पविकसित राष्ट्र सबैलाई प्रभावपारेको छ । विश्वमहामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रितहुनु स्वभाविक हो । यस महामारीको नियन्त्रण, रोकथाम र सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । यस्तो अवस्थामाहाम्रो जस्तो पित्तृसत्तात्मक मूल्य मान्यता रहेको देशमा महिला तथा बालिकामाथि थप हिंसाको जोखिम बढेको छ । अहिले भएको लैंगिक हिंसाका घटनालाई यस सम्बन्धि निरुपणको अबस्था हेर्दा यो पनि भन्न सकिन्छ की यो महामारीबाट सिर्जित अर्को महाबिपद हो भनिएको छ । त्यसैगरी निषेधाज्ञा तथा बन्दावन्दी शुरुवात भए देखि महिला पुन स्र्थापना केन्द्र ९ओरेक० ले १६ दिनको अवधिमा ९७ वटा महिला हिंसाका घटनाहरु अभिलेखीकरण गरेको छ । जसमा सबैभन्दा बढी ४२ प्रतिशत ९४१ वटा० घरेलु हिंसा भएको छ । यस स्थितिले धेरै महिला तथा बालिकालाई हिंसापुर्ण बातावरणमा बाँच्न बाध्य बनाएको पुष्टि हुन्छ । यसै गरी २७ वटा ९२८ प्रतिशत० बलात्कार, ८ वटा ९८ प्रतिशत० हत्या, ८ वटा ९८ प्रतिशत० सामाजिक हिंसा, ४ वटा ९४ प्रतिशत० यौन दूव्र्यवहार, ३ वटा ९३ प्रतिशत० आत्महत्या, २ वटा ९२ प्रतिशत० मानव वेचविखन र ४ वटा अन्यप्रकारका हिंसामा क्रमशः २ जनाले पारिवारिक स्रोतका अनुसार लैंगिक हिंसाका कारणले आत्महत्या प्रयास गरेका र २ जना अलपत्र पारिएका घटना संकलनभएका छन् । यसरी संकलनभएका घटनाहरुमा ३२ वटा ९३३ प्रतिशत०  घटनाहरु श्रीमानबाट, १८ वटा ९१९ प्रतिशत० परिवारका सदस्यवाट, १६ वटा ९१६प्रतिशत० छिमेकीबाट, ९ वटा ९९ प्रतिशत० प्रेमी ठानिएका व्यक्ति, २ वटा साथीबाट,१ वटा सेवा प्रदायकबाट र २ वटा शिक्षकबाट हिंसा भएको पाईएको छ । बलात्कारका घटना १ वटा आफ्नै श्रीमानवाट भएको बैवाहिक बलात्कार, ९ वटा छिमकीबाट, १ वटा परिवारका सदस्यबाट, ४ वटा प्रेमी ठानिएका व्यक्तिबाट र १२ वटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । यद्यपि धेरै हिंसाका घटनाहरु रिर्पोटिंग हुन सकेका छैनन भने घरपरिवारकै व्यक्तिहरुबाट भएका घटनाको उजुरी दिनप्रभावितहरुले नसकेकोे र तत्काल हिंसा प्रभावितकालागि सेवा प्रदान गर्ने संयन्त्रहरु पनिप्रभावित हुँदा न्याय पाउने विश्वास नै नभएका कारण पनि घटनाहरु बाहिर नआएको अवस्था रहेको बताइएको छ । एकातिर हिंसा प्रभावितहरु निषेधाज्ञाले सहज रुपमा हिंडडुल गर्न नसकेका कारण घरभित्रै हिंसा सहेर बस्न बाध्यभएको अवस्था छ भने अर्कातिर हिंसा प्रभावितकालागि स्थापना भएका सहयोगी संयन्त्रहरुले समेत सहज रुपमा सेवा प्रदान गर्न नसकिरहेको अवस्था छ, त्यस्तै अदालत लगायतका न्याय प्रदान गर्ने निकायहरु समेत बन्द÷नियमित सुचारु हुन नसकेको अवस्थामा महिलाहरुलाई आफु माथि भएको हिंसाका विरुद्धमा बोल्न, न्याय का लागि पहल गर्न सहज स्थिती छैन । जसले दण्डहिनताको स्थितीलाई संरक्षण मिलेको देखिन्छ । यस बन्दावन्दीले नागरिकलाई  कोभिड महामारीबाट सुरक्षित राख्नसहयोग पुयाउछ नै तर यस समयमा महिला माथि हुने हिंसालाई रोक्न तत्काल कदम नचाल्ने हो भने नेपालमा यसले अर्को महापिडा थपिने सम्भावना निश्चित छ । महामारीको अवस्था छ भनेर महिलाकालागि संविधानतःतथा अन्य कानुनहरुले सुनिश्चित गरेका अधिकारहरुलाई नकार्न मिल्दैन । राज्यनागरिकको अभिभावक हो तसर्थ जुनसुकै परिस्थितीमा पनि नागरिकहरुको हरेक अधिकार संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हो र यसतर्फ सरकारको ध्यानजान जरुरी छ । महिलापुनस्र्थापना केन्द्र ९ओरेक० द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ जनामनो विमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघ संसस्थाहरु बाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ  । यी मध्ये २८ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका पनि जानकारी दिइएको छ । उक्त बिक्षप्तिमा हिंसाको रोकथामकालागी  हिंसा विरुद्ध नेपालसरकारले लिएको शून्य सहनशिलताको नीतिलाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वाचाहने महिलातथावालिकाहरुलाई प्रहरी, न्यायीक संयन्त्रहरुले आवश्यक सहयोग गर्नुपर्ने ।,हिंसा प्रभावितकालागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षा आवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनु पर्ने ।, हिंसाको जोखिम न्यूनिकरणका लागि सबै आईसोलेसन तथाक्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि नेपाल सरकारले जारी गरेका आईसोलेसन तथा क्वारेन्टाइनको परीमार्जित निर्देशिका अनिवार्य सबै ठाउँमा लागु गर्नुपर्ने ।, प्रत्येक स्थानीयतहमा हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलालाई तत्काल उजुरी दिने, प्रतिक्रिया दिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने ९च्भाभचचब०ि व्यवस्था सहितको हट लाईन सुचारु गर्नुपर्ने ।, बन्दाबन्दीका कारण उजुरी गर्न नपाएका घरेलु हिंसाका घटनामा स्थानीयतहले सहजीकरण गर्नुपर्ने । सेवा प्रदायक निकायहरुले सुचना बृहत रुपमा प्रचार प्रसार गर्नुपर्ने ।, हिंसा प्रभावितका लागि आवश्यकता अनुसारको मनोविमर्श तथा प्राथमिक मनोवैज्ञानिक सहयोगका लागि तुरुन्त अनलाइन तथा मनोविमर्शकदूर–सेवाप्रदान गर्नका लागि सहजीकरण गरिनुपर्ने ।, यातायातको अभावमा हिंसा प्रभावितहरु घरबाट बाहिर निस्कन नसकी घरभित्रै रहिरहेको अवस्थालाई सम्बोधन गर्नका लागि स्थानीय प्रहरी तथा स्थानीय सरकारले आवश्यकता अनुसार यातायातको व्यवस्था मिलाउन सहजीकरण तथा सहयोग गर्नुपर्ने ।, कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी हिंसा प्रभावितका लागि तत्काल स्वास्थ्य उपचार तथा सुरक्षित आवासको व्यवस्था मिलाउनका लागि स्थानीय सरकारको लैंगिक हिंसा राहत कोषबाट स्वास्थ्य उपचार खर्चको व्यवस्था गरी सरकारी तथा गैरसरकारी संस्थाहरुबाट संचालित सुरक्षावासमा समन्वय गराई सहयोग गर्नुपर्ने ।, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट संचालित सुरक्षा वासमा प्रभाबितहरु लाई कोभिडको माहामारीबाट बचाउन आइसोलेशन कोठा तथा बिशेष सेवाको प्रत्याभुति गर्नुपर्ने जसका लागि आबश्यक समन्वय गर्री सहयोग गर्नुपर्ने ।, कोरोना महामारीका कारण कैंयौं महिला तथा वालवालिकाहरु हिंसा भोगि कोठामा अलपत्र अवस्थामा खाने कुराको अभावमा पाईएको छ । यसका लागि तुरुन्त खाद्यान्नका राहत प्याकेजहरु उपलव्ध गराउनुपर्ने ।, कोभिडबाट प्रभावित हिंसा प्रभावितहरुका लागि खाद्यान्न सहित सुरक्षा सामाग्री आवश्यक औषधि सहितको होम आईसोलेसन किट तयार गरी वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने ।, कतिपयमहिला, किशोरी तथा लैंगिक तथा यौनिकअल्पसंख्यकहरु बन्दा बन्दीका कारण कार्यस्थलहरु बन्दभई कामको खोजीममा भौतारि रहँदा विभिन्न किसिमका यौनजन्य हिंसा र बलात्कारको शिकार भैरहेका छन् । उनीहरुको  लागि तत्काल राहत सहयोगको व्यवस्था गरिनुपर्ने ।, हाल कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाहरुले सेवा तथा सहयोगहरु प्रदान गरिरहेका छन् । ती सेवा प्रदायक निकायहरुको सेवाको विवरण र सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बर सहितको सुचीतयार गरी व्यापक रुपमाप्रचार प्रसार गरिनुपर्ने जस्ता सुझावहरु  दिइएको जनाइएको छ ।


 


, , , , ,