सिन्धुबासीको जनप्रतिनिधिहरुलाई आग्रह, पाख्रीनको जनपक्षीय निर्णय


बिश्वब्यापी रुपमा फैलिएको कोरानामहामारीका कारण त्रासमा रहेका नागरिकलाइ स्थानीय सरकारले केही मात्रमा भने पनी आम नागरिकलाइ सुरक्षित राख्नका लागी नामको प्रचार होइन कामको प्रचार गर्न पर्ने आम नागरिकले माग गर्न थालेका छन ।


यसै बिषयलाइ लिएर सिन्धुपाल्चोकमा पनी आबज उठ्न थालेको छ । संघीयता लागू भए पछी निर्बाचन जितेका केही स्थानीय तहका जनप्रतिनिधीहरु आफु राजा नै भएको घमण्डी गरिरहँदा यस्तो आबाज उठ्न थालेको हो । सरकारले नागरिकलाइ सुरक्षित राख्न स्थानीय सरकारलाइ अधिकार सुम्पीएको भएता पनी केही जनप्रतिनीधीहरु कमाउ धन्दामा लागको महशुस हुन थालेको छ । केही वडाअध्यक्षहरु त आफु अनुकुल निर्णय गरिरहेका छन । यस समबन्धमा सिन्धुपाल्चोकका सञ्चार कमी चित्र मिजारले  सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहका जनप्रतिनिधिले कोरोनाबाट जोगिन सामान्य प्रचार बाहेक अहिलेसम्म  अक्सिजन,भेन्टिलेटर सहितको आइसोलेसन बनाउन सकेका छैनन् त्यसैले तत्काल देखि नै अक्सिजन, भेन्टिलेटर सहितको आइसोलेसन बनाउन लाग्नु पर्छ । जनप्रतिनिधिले नगरपालिका वा गाउँपालिका नाममा सवार गर्दै आएको गाडी बाइक संक्रमितलाइ अस्पताल लैजान प्रयोग गराउन पर्छ। बार्हबिसे, खाडीचौर, बलेफी लगायतका स्थानका कबर्ड हललाइ आइसोलेसन बनाउनु पर्छ ।नागरिक रहे मात्रै बिकास निर्माणले अर्थ पाउछ तर नागरिक नरहे अन्य बिकास निर्माणले अर्थ पाउदैन । त्यसैले नागरिकलाई कोरोनाबाट जोगाउन अधिकतम बजेट बिनियोजन गर्नु पर्छ । वडा वडाका दीर्घ रोगि, बृद्धबृद्ध, अशक्त, लाई उनीहरू भएकै ठाउँमा औसधि पुराउने कार्य गर्नु पर्छ । प्रत्येक वडामा रहेको स्वास्थ चौकीमा अक्सिजन सहितको ज्वरो, झाडापखाला, बान्ता, रुघाखोकी, दम लगायतका औसधि पुराउनु पर्छ । कोरोना भाइरस सम्बन्धि भएका खर्च यथार्थ, बास्तबिकता र पारदर्शी हुनुपर्दछ भन्न्ुाभएको छ ।उँहाले  सिन्धुपाल्चोकमा कोरोना भाइरस नयाँ भेरियन्टले भयावह स्थि ती सिर्जना भएको यो अबस्थामा पनी जनप्रतिनिधी नागरिकप्रती जिम्मेवार नभए कहीले हुँने भन्नु भयो  । यसै बिच  सिन्धुपाल्चोकमा कोरना संक्रमणको दर बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप–प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्न स्वास्थ्य कार्यलयलाइ दिनु भएको छ । यसकार्यको बाह्र्बिसे नगरबासी मात्र होइन जिल्लाबासकिा तर्फबाट उँहाको उक्त कार्यको प्रशंसा गरिएको छ । स्थानीय नागरिक फूलमान तामाङ मोक्तानले  उक्त निर्णय  जनपक्षीय निर्णय भएको भन्दै बाह्रबिसे नगरकी उपमेयर शुशिला पाख्रीन ले आफुले प्रयोग गर्ने गरेको सवारी साधन नगर भित्रका कोभिड –१९ का विरामी लाई ओसारपसार तथा उपचार का लागि सहज बनाउन प्रयोग मा दिने 

यो निर्णय लाई स्वागत गर्दै अरु जनप्रतिनिधि ले केही सिक्ने कि  भन्नु भएको छ । उँहाले  यस्तो महामारी को बेला जनता प्रती थप जिम्मेवारी बन्नु भएकोमा पाख्रीनलाई जिल्लाबासीको तर्फबाट हार्दिक नमन भन्नु भएको छ ।  


, , , , , ,