इन्द्रावती र चौतारा अस्पताललाई पूर्व मन्त्री बस्नेतद्वारा अक्सिजन सिलिन्डर सहयोग


 रूपक पुरी

 पूर्व संचारमन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले इन्द्रावती गाउँपालिका र  चौतारा अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण  गर्नुभएको छ  ।


बुधबार वस्नेतले इन्द्रावती गाउँपालिकामा  ५ वटा  र  चौतारा अस्पतालको लगि १० वटा अक्सिजन सिलिण्डर  हस्तान्तरण गर्नुभएको हो। कोरोना संक्रमण भएका बिरामी उपचारबाट बन्चित हुन नपरोस  भन्ने हेतुले बस्नेतले इन्द्रावती गाउँ पालिकामा  ५ बेड सहितको ५ वटा अक्सिजन सिलिन्डर  पालिका अध्यक्ष बंशलाल तामांगलाई  हस्तान्तरण  गर्नुभयो ।

यसै गरि  बस्नेतले चौतारा अस्पतालमा १० वटा  अक्सिजन सिलिण्डर  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई सो सिलिण्डर भर्नको लागि ६ हजार नगद सहित सो सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । उहाँले  मंगलबार खाडिचौरको सिन्धु सदावहार अस्पतालमा २५ , भोटेकोशीको चाकुमा ५ बेड, जलबिरे स्वास्थ्य केन्द्र,मा ५ गरी ३५ बेडको कोभिड उपचार केन्द्र उद्घाटन गरिसकेका छन्। कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको बताउनुभयो ।

, , , , ,