तरुणदलका केन्द्रयिसदस्य र समाजका अध्यक्षद्धारासामाग्री बितरण


सिन्धूपाल्चोक जिल्लाको सुनकोसी गाँउपालीका लाइ नेपाली काागे्रस तरुण बिभागका केन्द्रीय सदस्य पासाङ्ग नोर्बूलामा र न्यानो समाजका अध्यक्ष बिजय लामाले स्वास्थ्य सामाग्रीहरु हस्तानन्तरण गर्नु भएको छ ।


नेपालि काँग्रेस केन्द्रीय सदस्य एंबम पुर्ब  मन्त्री मोहन बहादुर बस्नेतको सम्मन्वय र निर्देशनमा बरिस्ठ क्याप्टेन एंवम न्यानो समाजका अध्यक्ष  बिजय लामा र नेपालि काँग्रेस तरूण बिभागका केन्द्रीय सदस्य एवम न्यानो समाजका सचिब पासाङ नोर्बु लामालेबैशाख ३० गते सिन्धुपाल्चोक सुनकोसि गाउँ पालिकालाई माक्स ,सेनिटाईजर,पि पि सेट, थर्मल गन लगायत को सामनहरू हस्तान्तरण गर्नु भएको हो ।

उक्त सामान सुनकोसि गाँउपालीकाको तर्फ बाट वडा नं  ६ का वडा अध्यक्ष रामकुमार थापा, सुनकोसी ६का स्वास्थ्य प्रमुख जुली आले  सुनकोसी गाँउपालीका खेलकुद बिकास समितीका  रोहीन्द्र बिक्रम खड्का र लोकप्रिय नेत्रज्योती सञ्चार समुहका सुनकोसी गाँउपालीका संयोक कुमार बस्नेत (अधिराज)  स्थानीय तह कर्मचारी युनियनका जिल्ला सदस्य सुवास लामाले बुझ्नु भएको छ ।

सामाग्री बुझ्दै वडाअध्यक्ष थापाले नागरिक रहे मात्र नेता र सरकारको औचित्य  हुने हँदा नागरिकको सुरक्षाका लागी यस आपतको घडीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले खेलेको भुमिका प्रती स्थानीय सरकार क्रृणी रहेको बताउँनु भयो । वडा अध्यक्ष  थापाले उक्त सामाग्रीहरु  सुनकोसि गाउँ पालिकाकोसातै वडा हरूमा हस्तान्तरण गर्नुभयो ।सुनकोसि ७ खाडिचौरमा सदबहार अस्पतालमा कोरोना को उपचारमा थप सयोग पुगोस भनी थर्मल गन पिपि सेट लगायत स्वस्थ  सामाग्री पनि वडा अध्यक्ष थापा मार्फत दिइएको छ। सो अबशरमा सिन्धुपाल्चोक का सबै गाउपालिका मा प्रयोग गर्ने जनताको बिपन्न परिवारहरूलाई खाद्यान्न लगायत अक्सिजनको पनि अबसश्यक सहयोग गर्ने बरिस्ठ क्यापटेन बिजय लामाले बताउनु भयो।माक्र्स, सेनिटाईजर ,पिपि सेट थर्मल गन ,बिपन्न परिवारलाई खाद्यान्न समेत बाडिने योजना रहेको नेपाली काँग्रेस तरूण बिभाग सदस्य पासाङ नोर्बु लामाले जानकारी दिनु भयो।


, , , , , ,