पुर्वमन्त्रि बस्नेतद्धारा स्वास्थ्य सामाग्रीबितरण तथानिशुल्क कोभिट अस्पतालको लागि स्थलगतअवलोकन ।

 


रामचन्द्र बस्नेत 

देशभर चरम रुपमा फैलिएको कोरोना महामारीको कारण त्रसितजनसमुदायको माझमाआजशुक्रबार पुर्व मन्त्रिमोहनबहादुर बस्नेत र क्याप्टेन बिजयलामा (न्यानोपन कार्यक्रम संचालक) को संलग्नतामासिन्धुपाल्चोकको उत्तरी नाकानजिकै चाकु बजारमाअवस्थित स्वास्थ्य केन्द्र र स्थानियक्लवतथा समुदायमाबिभिन्न स्वास्थ्य सामाग्रीबितरण गरिएको छ ।


सिन्धुपाल्चोकमामात्रै बुधबारसम्मकोरोना संक्रमितको संख्या ५ सय ५६ पुगेको र संक्रिय संक्रमितको संख्या ५ सय ८ रहेको बेलापुर्वमन्त्रि बस्नेत द्धारा सिन्धुपाल्चोक जिल्लामाएक सय शैयाकोनिशुल्क कोभिट अस्पताल बनाइ यसै स्थानमाअक्सिजन पाल्न्ट समेत लगाइने र सो को लागिउचित स्थान छनौट गर्नकै लागिआफु र आफ्नो टिम अहोरात्र खटिइरहेको जानकारी दिनुभयो । उँहाले जस्तोसुकै महामारी वाबिपतको बेलामा समेत जनताको समस्याबुझ्न आफ्नो टिम पुगेको र जनताको समस्यालाइ समाधान गर्न खटिरहने पुर्ब  मन्त्रि बस्नेतले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । पछील्लो बिबरण अनुसार जिल्लामाहालआइसोलेसनमा १४ जना रहेका छन् भने होम आइसोलेसनमा ३ सय ४८ जना र जिल्लाबाहिर १४६ जना बसिरहेका छन् ।दिनानु दिन संक्रमितको संख्या बढिरहदायसबारे अध्ययन र न्युनिकरणमा खटिनुपर्ने सरोकारवालानिकाए सम्मआत्तिइसकेको कारण अव हरेक जनता नै सजकहुनुपर्ने क्याप्टेन लामाले बताउनुभयो । लामाको अनुसार सरकारले बिरामिहरुलाइअक्सिजन समेत दिननसकिरहेको बेलामाआफै सजक रहनु बाहेक अरु कुनै बिकल्प नरहेको समेत बताउनुभयो । 


, , , ,