जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकद्धारा सिलीण्डर सङ्कलन


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अक्सीजनकमो सिलीण्ड सङ्कलन गरेर अत्याबश्यक स्थानहरुमा बितरण गरेको छ । 


सङ्कलीत सिलीण्डरहरु मध्य चौतारासाँगाचोकगढी नगरपालीकाले मात्रै तिस वटा लगेको छ । नगरपालीकाले उक्त सिलिण्डर भर्न लगेको जनाएको छ । पछिल्लो समयमा कोरानाका संक्रमित बढेको ले उपचारमा थप समस्या परेको ले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  कवाडी पसल, ग्रिल उद्योग हाइड्रेपावर कम्पनी, क्रसर उद्योगहरुबाट  सिलीण्डर संङ्कलन गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख  प्रहरी उपरिक्षक राजन अधिकारी ले जानकारी दिनु भयो ।

प्रहरी उपरिक्षक अधिकारीले आफुहरु सँग भएको सिलीण्डर नजीकको सुरक्षा निकाय मा बुझाइ दिनहुन समेत सबैमा अनुरोध गर्नु भएको छ । उँहाले स्वास्थ्य भन्दा ठुलो कुनै चिज नभएकाले स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै घर बाट अनाबश्यक रुपमा बाहीर ननिस्कन र निस्कनै परे पनी स्वास्थ्य मापदण्ड प्रयोग गर्न सबैलाइ अनुरोध समेत गर्नु भएको छ ।

यसै गरि  ईलाका प्रहरी कार्यालय बाह्रबिसेले  अक्सीजनको अभावमा आम नागरीकहरुको ज्यान जोखीममा रहेको अवस्थालाई मध्य नजर राखी  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय बाह्रबिसे तथा मातहत समेतको वडा क्षेत्रहरुबाट अक्सीजनको सिलीण्डर सङ्कलन गरिएको छ ।

त्यस क्षेत्रमा  संचालित बिभिन्न जलविद्युत  आयोजना,उधोगी ब्यवसायी, समाजसेवीहरुबाट शुक्रबार सम्म ४ थान  भरीएको  अक्सीजन सिलिण्डर र १०८ थान  खाली सिलिण्डर  सहीत जम्मा  ११२ थान अक्सीजन सिलिण्डरहरु संकलन गरीएको र शनीबार नै सिलीण्डर भरेर जिल्ला प्रहरी कार्यलयको निर्देशन अनुसार आबश्यक भएका स्थानहरुमा बितरण गरिने इलाका प्रहरी कार्यलय बाह्र्बिसेका कार्यलय प्रमुख प्रहरी निरिक्षक देबेन्द्र शाहले जानकारी दिनु भयो  ।


, , , , , ,