सिन्धुपाल्चोकमा कोरोनाबाट थप दुईको मृत्यु

रूपक पुरी

सिन्धुपाल्चोकमा कोरोना सँक्रमणका कारण  थप २ जनाको मृत्यु भएको छं । मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका संक्रमितको मृत्यु भएको हो । मेलम्ची नगरपालिका वडा नं ८ केउरेनीका ६५ वर्षिय पुरुषको र  चौतारा सांगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेका ८५ बर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झण्डै तीन साताअघिदेखि अस्पतालको आईसोलेसनमा बसिरहेका स्याउलेका संक्रमित अघिल्लो दिन  मात्र चौतारा अस्पतालबाट डिस्चार्ज  हुनुभएको थियो ।डाक्टरहरुले आफन्तलाई परामर्श गरेपछि निजलाई घर लगिएको थियो । डिस्चार्ज भएको भोलिपल्टै उहाँको मृत्यु भएको हो । यो सँगै कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

, , , , , , , , , ,