सिन्धुमा तोकीयो कोभिड बिरामीको ब्यबस्थापनका लागी सम्पर्क ब्यक्ती

 स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीको स्वास्थ्य सुरक्षालाइ ध्यानमा राखी कोभीड बिरामी ब्यबस्थापनका लागी हरेक पालीकामा सम्पर्क ब्यक्ती तोकेको छ ।  स्वास्थ्य कार्यलयका प्रमुख दुर्गा दत्त चापागाँइका अनुसार १२वटै पालीका र स्वास्थ्य कार्यलय चौताराका साथै चौतारा अस्पताल मा समेत सम्पर्क ब्यक्तीहरुको ब्यबस्था गरिएको छ ।


यसै बिच स्वास्थ्य प्रमुख चापागाइले  आम नागरिकका हितका लागी कार्यलयका तर्फ बाट नागरिकहरुमा स्वास्थ्य रहन निषेधाज्ञाका पालना गर्दै खानपिन र मापदण्डलाइ ध्यान दिन समेत अनुरोध गर्नु भएको छ । उँहाले कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोश्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा पनि पर्न थालेको छ । सिन्धुपाल्चोक जिल्लामा पनि कोभिड संक्रमण दर अप्रत्यासित रुपमा वढन थालेकोले यसबाट वच्न निम्न उपायहरु अपनाऔं÷अपनाउन लगाऔं ।अति आवश्यक काम नपरेसम्म घरबाट वाहिर ननिस्कौ ।घरबाट वाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं ।मानिसहरुको विचमा जाँदा न्युनतम २ मिटरको भौतिक दुरी कायम गरौं ।कुनै चिज वा सतहमा छोएपछि अनिवार्य रुपमा र अन्य अवस्थामा पनि वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरांै ।सार्वजनिक यातायातमा यात्रा गर्दा वा वजार÷भिडभाडमा जानुपर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं र वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरांै ।, महोत्सव, भेला आदि आयोजना नगरौ÷सहभागी नवनौं ।विवाह, मृत्युसंस्कार आदि सामाजीक÷सास्कृतिक कार्यहरुमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड पालना गरौं । संक्रमण प्रभावित स्थानहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा २ हप्तासम्म होम क्वारेन्टाईनमा वसौं र अरुले पनि उहाँहरुलाई होम क्वारेन्टाईनमा बस्न सहयोग   गरौं । आफ्नो घर वा छरछिमेकमा कसैलाई कोभिड १९ संग मिल्दो (ज्वरो आँउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने, जिउ दुख्ने आदि) लक्षण देखिएमा नजिकका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी वा स्थानीय तहमा सम्पर्क गरौं ।संक्रमित व्यक्तिहरु संग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुले परिक्षणको लागि स्थानीय तहमा सम्पर्क गरौं ।जोखिममा परेका र संक्रमणको शंका भएका व्यक्तिहरु परिक्षण रिपोर्ट नआउँदासम्म आनिवार्य रुपमा होम क्वारेन्टाईनमा बसौं ।कोभिड संक्रमणबाट आफु पनि वचौं, अरुलाई पनि वचाऔ  भन्नु भएको छ 







, , , , , , ,