राष्टीय प्रजातन्त्र द्धारा सर्बदलीय सहमतीमा चुनाव गर्न माग


राष्टीय प्रजातन्त्र केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सर्बदलीय सहमतीमा निर्बाचन गर्न पर्नै त्यसका लागी पहीले  कोराना माहामरीको अन्त्य गर्नु पर्ने निर्णय गरेको  राप्रपाका  केन्द्रयि सचिवालयका प्रमुख ध्रुब बहादुर प्रधान ले जानकारी दिनु भयो । उँहाका अनुसार बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भैरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रो पटक प्रतिनिधि सभा विघटन हुन पुगेको छ ।विगत केही वर्षयताका घटनाक्रमहरूको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्य माथि नै बारम्वार गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।अहिले देशमा जुन परिस्थितिको बिकास भएको छ, त्यसको मूलजरो कथित बाह्र्र बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दुराष्ट्र र  राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनताप्रतिको उपेक्षा हो ।नेपाली जनताको अभिमत र शक्तिबाट उपरोक्त कमजोरी र विकृतिको  समाधान खोज्न सकिन्छ भन्ने बिश्वासको कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको छ । तर, यस सन्दर्भमा संविधान, विधि र कानुनको पूर्ण पालना र सम्मान हुनुपर्छ । कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारिका बीच चुनावमा कसरी जाने भन्ने गंभीर प्रश्न खडा भएको छ। कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने निस्कर्ष निकालेको छ  ।


त्यसर्थ,बैठकले   राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न तथा चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न   सरकारसंग माग गर्ने निर्णय गरेको छ ।


, , ,