सिन्धुपाल्चोकमा ८५३ले कोराना जिते


 सिन्धु पाल्चोक जिल्लामा पछील्लो समयमा १०२७जना सक्रमीत मध्य ८५३जनाले कोरना जिती सकेको समाचार प्राप्त भएको छ । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकबाट प्राप्त समाचार अनुसार यसरी कोरना जित्न सफल हुनुहुनेमा २३८ महीला र ६१५ पुरुष रहनु भएको छ ।



यो अबधीमा सब भन्दा धेरै सक्रमीत चौतारा साँगाचोकगढी नगर पालीकाका  ३०५हुनुहुन्छ भने सबै भन्दा कम जुगल गाँउपालीकामा २० जना हुनुहून्छ जम्मा १०२७ सक्रमीत मध्य ८५३जनालाइ निको भइ सकेको छ भने १२७ उपचारको क्रममा रहनु भएको छ ।  ज्यान गुमाउँने को संख्या १८ पुगेको छ । कोभीड १९को पछील्लो अबस्थाका बारेमा स्वास्थ्य कार्यलयबाट प्राप्त बिबरण अनुसार हाल उपचारमा ७८महीला र ७८ पुरुष रहनु भएको छ । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाइले स्वास्थ्य मापदण्ड बिपरित कुनै पनी काम कार्य नगर्न सबैमा अनुरोध गर्नु भएको छ भने स्वास्थ्य कर्मीहरुलाइ पनी सतर्कताका साथ तैयारी अबस्थामा रहन र हरेका स्वास्थ्य सस्थाहरुबाट हुने सेवामा श्रोत र साधनले भ्याए सम्म कुनै पनी कमी हुन नदीन अनुरोध गर्न भएको छ । उँहाले अनाबश्यक घरबाट बाहीर ननिस्कन र निस्कनै परे पनी माक्स  अनिबार्य प्रयोग गरी स्वास्थ्यमापदण्ड प्रयोग गर्न समेत सबैमा अनुरोध गर्नु भएको छ । 


, , , , , , ,