ईन्द्रावतिमा कांग्रेस जिल्ला सभापति लामाद्वारा स्वास्थ्य सामाग्री सहयोग


रूपक पुरी

नेपाली  कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरुमा पुग्ने गरि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।


 इन्द्रावती गाउँपालिकाका १२ वडाका कांग्रेसका सभापतीहरुलाई १००० थान मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति लामाले आ (आफ्नो वडाका वडा बासीलाई सुरक्षित राख्नको लागी उक्त मास्क सहयोग गरिएको बताउनुभयो  ।


वडा बासिहरुलाई यसबाट थप केहि राहत पुग्ने उहाँको बिस्वास छ।

जनताको हर सुख दुखमा साथ दिन आफु तयार छु लामाले प्रतिवद्दता समेत ब्यक्त गर्दै “पहिलो चरणमा स्वास्थ्य सामाग्री सहयोग गरेको र आवस्यकता अनुसारको थप सहयोग गर्न पनि तयार रहेको उहाँको भनाइ छ।


यसअघी सभापति लामाले जिल्लाको साविक क्षेत्र ३ मा पर्ने मेलम्ची ,पाँचपोखरी र हेलम्बुका सबै वडाहरुमा वडासभापती मार्फत नै स्वास्थ्य सामाग्री वितरण गरिसक्नुभएको छ ।


, , , , , , ,