कोरोनाको नाममा जथाभावी पैसा नउठाउँन प्रशासनको निर्देशन



चौतारा । जिल्ला प्रशासन कार्यालयले कोरोेना रोकथाम र नियन्त्रणका लागि जथाभावी पैसा नउठाउन निर्देशन दिएको छ । बिहीबार बसेको जिल्ला कोभिड –१९ विपद व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जथाभावी कोरोना उपचार र नियन्त्रणका लागि भन्दै रकम नउठाउन निर्देशन दिएको हो । कोभिडका लागि स्वेच्छिक रुपमा चन्दा दिन चाहेमा नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न पनि अनुरोध गरेको छ । जिल्लामा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकलगायत संस्थाहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सहयोग बापत रकम उठाइरहेको  बेला यस्तो निर्देशन आएको हो  ।


, , ,