पुर्वमन्त्री बस्नेतद्वारा स्वास्थ्य सामाग्री संगै मास्क वितरण



रामचन्द्र दुलाल ,मेलम्ची सिन्धुपाल्चोक

“पहिला जनता बचाउँ राजनीति पछि गरौंला“ भन्ने मुल मर्मलाई आत्मसात् गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व सुचना तथा सन्चार मन्त्री आदरणीय  मोहन बहादुर बस्नेतबाट सिन्धुपाल्चोक जिल्ला साविकको क्षेत्र नं ३ भित्र पर्ने मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, ईन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउपालिका हरुका प्रत्येक वडाहरुलाई १ हजारका दरले मास्क वितरण गर्नुको साथै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लाई २५ सय मास्क ५ थान पिपिई सेट २ लिटर सेनिटाईजर हस्तान्तरण गर्नुभएको छ । साथै, पुर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान आईसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिने घोषणा गर्नुभएको छ ।



पुर्वमन्त्री बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा आपतकालीन सेवा सन्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबिरे अस्पताल, नेपाल चिनको सिमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरु राखी सेवा संचालन गरिने  छ भने अस्थायी सेवाको लागि उपयुक्त स्थल नभएको अवस्थामा उच्च  स्तरको टेण्ट मै राखेर भए पनि उपचार गरिने बताउनु भएको छ । दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोसी गाउँपालिका वडा नं ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिने भएको छ ।



त्यस्तै पुर्वमन्त्री बस्नेतले जिल्लामा अक्सिजन प्लान्ट सहितको दीर्घकालीन योजना अगाडी बढाउनु भएको छ भने उक्त अक्सिजन प्लान्ट निर्माणमा सुनकोसी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली काङ्ग्रेस तरुण विभाग केन्द्रिय सदस्य पासाङ नोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने गरि बजेट व्यवस्थापन भईसकेको र अक्सिजन प्लान्टका लागि अर्डर गरिएका आवश्यक सामान आईपुगेपछी उक्त प्लान्टबाट अक्सिजन उपलब्ध  हुने कुरा बताउनु भएको छ । 



यो संगै सिन्धुबासीका हरेक समस्याका सारथि बस्नेतले अक्सिजनको अभावमा जिल्लाका कुनै पनि बिरामीले मृत्यु वरण गर्नु नपरोस् भन्दै उहाँको टिम २४ घण्टा एम्बुलेन्सको रुपमा ५ वटा गाडीहरु तयारी अवस्थामा राखेर हाई अलर्टका साथ तैनाथ रहेको बताउनुभएको छ । स्वास्थ्य सुरक्षा मात्र नभई खाद्य सामाग्री पनि आवश्यता अनुसार वितरण गरिरहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताउनुभयो ।


, , , , , ,