वीरगंजमा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि


मुकेश बस्नेत

वीरगंज, ५ जेठ ।

वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १ सय ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा ८१ जना पुरूष र २५ जना महिला रहेका छन् ।

सङ्क्रमित मध्ये ७७ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १५ जना, रौतहटका ६ जना, सर्लाहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।सङ्क्रमितको उमेर समूह १५ वर्षदेखि ७५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १५ देखि ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।यसै गरी नारायणी अस्पताल वीरगंजमा अहिले १ सय ३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।जसमध्ये ९ जनाको भेन्टिलेटरमा ७५ जनाको आइसियुमा र २८ जनाको एचडियुमा उपचार भइरहेको नारायणी अस्पतालका सूचना अधिकारी डा.सरोज सिंहले बताउनुभयो । यसै बिच वीरगंजमा उपचारको क्रममा बुधबारथप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २ जना वीरगंज हेल्थ केयरमा ३ जना स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा १ जना र तराई अस्पतालमा १ जना गरी ७ जनाको मृत्यु भएको छ ।वीरगंजस्थित नारायणी अस्पतालमा बुधबारबिहान १०ः०० बजे रौतहटको गौर नगरपालिका वडा नम्बर ८ निवासी ५१ बर्षीया महिलाको मृत्यु भएको छ ।वैशाख ३० गते कोरोना संक्रमित भई उपचारका लागि भर्ना भएकी महिलाको आज बिहान उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।यस्तै नारायणी अस्पतालमा उपचाररत रौतहटकै चन्द्रपुर नगरपालिका वडा नम्बर ९ निवासी ९० वर्षीय पुरूषको समेत मृत्यु भएको छ ।उपचारका लागि जेठ ४ गते वीरगंज ल्याइएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।यसै गरी बुधबारबिहान कोरोना सङ्क्रमणको कारण पर्साको जीराभवानी गाउ““पालिका वडा नम्बर १ निवासी ४२ वर्षीय पुरूषको तराई अस्पतालमा वीरगंज महानगरपालिका वडा नम्बर १४ निवासी ४८ वर्षीय पुरूष, वीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ६१ वर्षीय पुरूष, वीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी ४१ वर्षीय पुरूषको वीरगंज हेल्थ केयरमा र वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ६५ वर्षीय पुरूषको स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो । 


, , , ,