वडा न ९ का अध्यक्ष विष्णु लामामाथि कार्वाही


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ९ का अध्यक्ष विष्णु लामालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीले कार्वाही प्रकृया अगाडि बढाएको समाचार प्राप्त भएको  छ । निरन्तर पार्टी हित विपरित लागेको आरोप लगाउँदै अध्यक्ष लामाको जनप्रतिनिधि पदबाट नै निष्काशन हुने गरि नेकपा माओवादी केन्द्रले कार्वाहीको प्रकृया अगाडि बढाएको हो ।

२०७४ सालको स्थानीयत तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी अध्यक्ष लामा पछिल्लोपटक नेपाल कम्युनिष्ट पार्टी एमालेको गतिविधिमा संलग्न हुँदै आउँनु भएको जनाइएको छ । एमाले र माओवादीबीच भएको पार्टी एकीकरण बाट बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहँदै आएका लामा नेकपा एमाले र माओवादी केन्द्र पुन छुट्टा छु्ट्टै पार्टी भएपछि एमालेको राजनीतिक गतिविधिमा संलग्न हुँदै आएको थियो ।  अध्यक्ष लामालाई ४८ घण्टे स्पष्टिकरण सोधिएको र त्यसको पनि जवाफ नदिएको कारण वाध्य भएर कार्बाही थालिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष गोविन्द  पराजुलीले बताए । राजनतिक दल सम्वन्धि नियमावली २०७४ को नियम २२ को २  बमोजिम कार्वाहीका लागि  केन्द्रीय कार्यालयमा पठाएको अध्यक्ष पराजुलीले जानकारी दिनु भयो  ।

, , , ,