समुदायस्तरमा कोरोना फैलिन थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहहरुका विभिन्न स्थान सिल


रूपक पुरी

समुदायस्तरमा कोरोना फैलिन थालेपछि सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका केही वडाहरु सिल गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगपालिकाको वडा नं. ११, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ३ र ४ तथा बलेफी गाउँपालिकाका वडा नं. ६ मङ्गलबारबाट सिल गरिएको हो ।परिक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोरोना देखिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका ३ सिल गरिएको छ। समुदाय स्तरमा नै कोरोना फैलिएपछि वडा नै सिल गरिएको हो।सो वडाको २० जनामा कोरोना परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएपछि वडा नै सिल गरिएको वडाध्यक्ष  निमा छिरिङ तामाङले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण भएका अन्य व्यक्तिहरू पनि बिरामी भएकाले एक साताको लागि वडा सिल गरिएको वडाअध्यक्ष तामाङले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । पाँचपोखरी थाङपालकै वडा नम्बर ४ पनि शिल्ड गरिएको छ ।  कोरोना सँक्रमण दर बढ्न थालेपछि वडा शिल्ड गरिएको वडा अध्यक्ष रामबहादुर थोकरले बताउनुभयो ।


त्यस्तै  मेलम्ची नगपालिकामा अस्वभाविक तरिकाले कोरोना संक्रमितको संख्या वढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई  शिल गरिएको छ ।     विश्वभरी संक्रमण फैलिई महामारीको रुपमा विकसित भएको कोरोना भाईरसको दोश्रो लहरबाट मेलम्ची नगरपालिका वडा नं ११ निवासी ७६ बर्षिय एक पुरुषको  यहि जेठ ३ गते निधन भएकाले नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरु सिल गरिएको नगरपालिकाका उपप्रमुख भगवति नेपाल द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।  यहि जेठ ८ गते राती १२ः०० बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोला देखी सोही वडाको फट्टेपुलसम्म , मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैचा क्षेत्रभित्र, मेलम्ची ११ विसौना क्षेत्रभित्र र मेलम्ची बजार देखी मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्रभित्र शिल गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै नगरपालिकाले बन्दको अवज्ञा गर्दै जथाभावि नहिड्न समेत आग्रह गरेको छ ।उता कोरोना संक्रमण समुदायमा बढ्दै गएपछि बलेफी गाउँपालिकाको ६ नम्बर वडा पनि सिल  गरिएको छ ।  एकै वडाका २५ जनामा संक्रमण पुष्टि भएपछी मङ्गलबार बसेको बलेफी गाउँपालिकाको आकस्मिक बैठकले ६ नम्बर वडा शिल गर्ने निर्णय गरेको हो ।  ६ नम्बर वडाको पूर्व तर्फ साधिखोला, पश्चिमतर्फ देउरााली डाँँडा, उत्तर तर्फ पोखरीडाँडा र दक्षिण तर्फ अँँधेरी बजारसम्म शिल गरिएको बलेफी गाउँपालिकाका प्रमुुुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।  संक्रमित ब्यक्तिहरु सुरक्षित साथ होम     आईसोलेसनमा बस्न र  अन्य वडाबासीलाई अनाावश्यक हिंडडुल नगर्न एवम स्वास्थ         सूर क्षा  मापदण्ड पालना गर्न गाउँपालिकाले  आग्रह गरेको छ । ४४ जनाको स्वाब   परिक्षण गर्दा यस वडाका २५ जनामा संक्रमण देखिएको    थियो । 


, , , , ,