नवनियुक्त मन्त्री नेपालद्धारा जनस्वास्थ्यबारे चासो

 


बागमती  प्रदेश सरकारका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले गृह जिल्ला सिन्धुपाल्चोकको कोरोना संक्रमण र त्यसपछि उत्पन्न परिस्थितबारे सरोकारवालासँग जानकारी लिनुभएको छ ।





शनिबार सदरमुकाम चौतारामा पुगेर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइँसँग मन्त्री नेपालले कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदै   नियन्त्रणका लागी प्रदेश सरकार तत्परताका साथ अघि बढिरहेको बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमणको दर तीव्रतर बढिरहेका बेला प्रदेश मन्त्री नेपालले जिल्ला जनस्वास्थ्य कार्यालयमै पुगेर चासो लिनुभएको हो । ‘स्थीती जटिलता तर्फ गइरहेको छ,  कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले कुनै कसर बाँकी राख्नेछैन’, मन्त्री नेपालले भन्नुभयो ।  जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जिल्लाको पछिल्लो अवस्था र कोरोना नियान्त्रणका लागी अवको योजनाबारे मन्त्री नेपालका सामु ‘ब्रिफीङ’ गरेका थिए । शनिबारसम्म सिनधुपाल्चोकमा  प्रमुख जिल्ला अधिकारीसहित २६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


 


 


 

, , , , , ,