बलेफी बैक काण्ड दूइ एमालेले को बिज्ञेप्ती


एनआइसि बैङ्कमा भिड लाग्दा पनी पैसा नपाए पछी  भएको बिबादले राजनीती मोड  लिएको छ ।


सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउ पालीका ले २०७७ चैत्र महीनाको १८ गते  सामाजीक सुरक्षा बापत पाउँने रकम पठाएको थियो र एनआइसी बैङ्क खाडी चौर र राष्ट बैकं जलबीरेमा पठाउको रकम मध्य जल्बीरेले  बितरण  गरेका र एनआइसी बैकं शाखा खाडी चौउर र बलेफीले २०७८ जेष्ठ ११ गते सम्म बितरण नगरेका ले सामाजकि सुरक्षा भत्ताको पैसा सम्बन्धीत पक्षलाइ तत्काल दिन पालीका अध्यक्षले बैकंलाइ ताकेता गर्दा  बिबाद भएको  समाचार प्राप्त भएको छ ।

हामीलाइ प्राप्त समाचार अनुसार सामाजीक सुरक्षा भत्ता बितरणमा ढिलाइ भए पछी यो बिबाद भएको हो ।  एनआइसी बैक खाडी चौरका प्रबन्धक सोही गाँउपालीका वडा नं ७का वडा अध्यक्ष कार्केल लामाको छोरी भएको कारण आफुले तत्काल पैसा दिन दबाब दिदा वडा अध्यक्ष ले बैकंको केन्द्रीय कार्यलयको निर्देशन अनुसार काम गरिरहेकाले यसमा बिबाद नगर्न भने पछी  त्यही बिषयमा आफुले जो भए पनी नागरिकको पैसा तत्काल दिन पर्छ भन्दा बिबाद भएको  र पैसा नदीए पछी जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोक र राष्ट बैकं केन्द्रीय कार्यलय मा समेत उजुरी गर्न परेको अध्यक्ष केदार क्षेत्रलिे बताउँनु भयो ।यस सम्बन्धमा वडा अध्यक्ष कार्केल लामाले पालीकाका अध्यक्ष  भनेको अभिभावक सरह हो हामीले आबेगमा होइन कानुन अनुसार काम गरौ कुरा गरौ भनेको मात्र हो अरु खाशै केही बिबाद पनी भएको होइन भन्नु भयो । खाडीचौर बैकंका प्रबन्धक रनु लामाले यस बारेमा  केही बताउँन चाहानु भएन भने केन्द्रका सुचना अधिकारी अर्जुन थानीया साँग सम्पर्क गर्दा आफु मिटीङ्गमा भएकाले पछी सम्पर्क गर्ने बताउँनु भएको र पछी फोन सम्पर्क नभएको ले पनी बैकको कम्जोरी भउको देखीन्छ । 

 

खाडीचौर बैकंमा कोरानाका महामारीका बेलामा सामाजकि सुरक्ष भत्ता लिने  नागरिकहरको भिड भएका कारण रोगको महामारी फैलन सक्ने भनी बजार बासी पनी बैक प्रती आक्रोसित भइरहृको बेला भएको यस्तो बिबादले सामाजीक सुरक्षा भत्ता बैकं मार्फत  बितरण गरिने कार्य ले  पारदसीृता हुने भएता पनी ब्यबहारिक रुपमा समस्या उत्पन्न गराएको छ ।  उता यसै बिषयलाइ लिएर नेकपा एमालेका दुइ खेमाले छुट्टा छुट्रे बिज्ञेप्ती निकालेको छ । यसले गर्दा पनी यसले राजनीतीक रुप लिन पुगेको छ  । सोमबार केही सञ्चार माध्यमहरु मार्फत  एमालेमा  फरक बिचार  भएकै कारण कार्यपालीकाको बैठकमा वडाअध्यक्षलाइ कार्बही गर्न खोजेको समाचारहरु प्रकाशीत भएका थिए । 


, , , , , , ,