अक्सिजन प्लान्ट राख्न जुटि सक्यो खर्चः पुर्व मन्त्रि बस्नेत

कुमार बस्नेत (अिधराज)  

यतिबेला हरेक नेपालिहरु  त्रास मा बाचिरहेका छन, कारण एउटै हो कोरोना, कतिले कोरोना कै कारण ज्यान गुमाइसकेको अवस्था छ भने कतिपय मान्छेहरु कोरोना कै कारण जीवन मरणको दोसाँधमा बाचिरहेका छ्न ।


कोरोना जस्तो खतरनाक रोग त्यति सजिलै नियन्त्रण हुने जस्तो देखिदैन तर पनि सरकारले  संयम अपनाइ नियम कानुन बनाउने हो भने केही मात्रामा कम गर्न सकिने छ। विश्वका कयौं देशले यसै तरिका अपनाइ नियन्त्रण गरेको देख्न सकिन्छ।

तर हाम्रो देशमा भने सरकारको लाचारीपन र व्यक्तिगत स्वार्थको लागि पार्टी पार्टी बिचको खिचातानीले गर्दा नेपालमा अझै भयावह हुनेअवस्था सृजना भएको छ। तर यसो भनिरहदा कतिपय जनप्रतिनिधि र कतिपय नेताहरूले भने आफ्नो व्यक्तिगत स्वार्थ भन्दा निकै पर रहेर उदाहरणीय कामहरु गरिरहेका छ्न।



यस्तै एक उदाहरणीय व्यक्ति हुनुहुन्छ। नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य, पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत, उहाँले आफ्नो बा २ च ७५९१ नम्बरको आफ्नो निजि गाडीलाई सिन्धुपाल्चोक भरिका कोरोना संक्रमित बोक्नका लागि भनी फिर्ता नलिने सर्तमा उक्त गाडीलाई एम्बुलेन्स बनाएर हस्तान्तरण गर्नुभयको हो।

यदि मात्रै नभएर मन्त्री बस्नेतले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा आफ्नो व्यक्तिगत पहलमा सय बेडको अक्सिजन सहितको अस्पताल बनाउने घोषणा गर्नुभएको थियो। र पन्ध्र दिन नबित्दै उक्त अक्सिजन सहितको अस्पताल संचालनमा समेत आईसकेको छ। 


अबको केही समय भित्र सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्ने र उक्त प्लान्टको लागी चाहिने आर्थिक रकम समेत जुटाइसकेको बस्नेतले बताएउनु भयो।

, , , , , , , , , , , , , , , , , , ,