चौसागढी १४मा सर्बदलीय बैठक बैठकद्धारा स्थानीयलाइ रोजगार दिन माग

 सिन्धु पाल्चोक जिल्ला  स्थितचौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा सर्बदलीय बैठक बसेको छ।


नेपाली काँग्रेस, नेकपा एमाले राष्टीय प्रजातन्त्र पाटी का प्रतिनिधीहरु  बिच बैठक भएको हो । बैठकमा सहभागी हरुले  वडाको बिकाशका लागी सबै मिलेर अगाडी बढ्ने निर्णय भएको बैठक पछी जारि बिज्ञेप्तीमा जनाइएको छ । नेपाली काँग्रेसको बिनोद पाख्रीनm नेकपा एमालेका उद्धब नेपाल र राप्रपाका तुल्सी प्रसाद पराजुली जारी बिज्ञेप्तीमा वडा भित्र भईरहेका विकास निर्माण योजनाका कार्य कस्तो परिस्थितिमा छ भनि वडावासीको सुचनाको हकलाई मध्यनजर राखी त्यस्तो कार्यको सुखद पक्षलाई सार्वजानिक गर्दै तथा सम्झौता भई सुरु हुन गईरहेको कामहरुमा वडा अथवा स्थानिय सरकारको पहुँचमा रहेको टोल विकास समितिको साझेदारिमा रहेका कार्यहरुलाई अथवा नेपाल सरकारको नियम अनुसार कुन माध्यमबाट हुन्छ यस कोभिड १९ बाट आक्रान्त भई बेरोजगारी तथा पिडित वडामा रहेका दक्ष र अदक्ष कामदारको अवस्थालाई मध्यनजर राखी रोजगारीको प्रत्यक्ष अनुभुति हुने गरी वा रोजगारीको पर्खाइमा बसेका बेरोजगारी मानवलाई रोजगारीको अधिकार प्रत्याभुति हुने गरी भईरहेका वा हुने वडा विकासका कामहरुलाई सहज परिस्थिति हुने वातावरण मिलाउने र विकासका योजनालाई सर्वपक्ष रुपमा १८ वर्षभन्दा माथिका जो बेरोजगार तथा गरिब छन् त्यस्तालाई जुनसुकै अवस्थाबाट लाभ हुने कार्य गर्न गराउन वातावरण मिलाई वडा भित्र प्रस्तावित विकास निर्माणका योजनाहरुको सम्झौता हुँदा होस् वा निर्माण सम्पन्नको अवस्था हुँदा होस् दलिय व्यवस्थाको आधारमा सम्पूर्ण दलका पार्टी प्रतिनिधिहरुको साथमा अनुगमन समिति गठन गर्नु अनिवार्य गराई वडामा प्रस्तावित योजनाहरुलाई समयमै सम्झौता गरी कार्य अगाडी बढाउन र विकास निर्माणको सिलसिलामा वडावासीले जुनस्कै मार्गबाट आएको योजना होस् त्यस्ता विकासका कार्यलाई मेरो विकासको कार्य हो र स्थानिय पधादिकारीको मनोबललाई  ध्यानमा राखी र डडुवा वासीको सिङ्गो विकास हो भनी त्यस्तो योजनालाई कुनैपनि पुर्वाग्रह नराखी  सम्झौता गराईदिनु हुन र वडावासीको समस्या व्यक्तिको हो भन्ने जस्ता नभई मेरो र डडुवा वासीको समस्या हो भनी काम कार्वाही अगाडी बढाउन हुन साथै सुखी नेपाली समृद्घ नेपाल को अवधारणालाई अघि बढाउन हुन अनुरोध गर्दछौँ भनीएको छ ।  

यसै गरि बिज्ञेप्तीमा आम डडुवा वासीमा विकास निर्माण जस्ता कार्यहरुको जानकारी लिन उच्च मनोबलका साथ अघि बढ्न अनुरोध गर्दै आम बुद्घिजिवि, सक्रिय युवा, वृद्घवृद्घा, विभिन्न संघसंस्था, विभिन्न जनजाती, दलित, पार्टी प्रतिनिधि, समाज टोलका अगुवा, समाजसेवीहरुमा सहयोग र सल्लाह सुझावको  अपेक्ष गर्दछौँ भनीएको छ  । 


, , , , , , , , , , , , , , , , , , ,