नदि कटानले जोखिम मोलेरै यात्रा गर्न बाध्य धुसेनिबासी

रूपक पुरी

दैनिक २०० भन्दा बढी मानिसको आवतजावत हुने बाहुनेपाटि धुसेनी पैदल बाटो असार १गते आएको बाढी र त्यस पश्चातको निरन्तर खोलाको कटानका कारण जोखिममा परेको छ। भिरको टुप्पोमा रहेको साँघुरो बाटो, यात्रा गर्दा भित्तोमा समात्दै हिड्नु पर्ने अवस्था, बर्सेनि पहिरोको त्रास त छँदै थियो, त्यस माथि पनि हालै आएको खोलाको बहावका कारण अस्थायी बाटो कटान गर्दा पैदल यात्रीहरू जीवन र मरणको दोसाँधमा आवतजावत गरिरहेका छन ।


पुस्तौं देखि जोखिम मोलेर कष्टकर यात्रा गरीरहेका यस क्षेत्रका विद्यार्थी तथा स्थानीयहरू वर्षायामको सुरुवतिमै बाटोको अवस्था देखेर चिन्तित छन्। सयौ जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको यस बाटोको वैकल्पिक बाटोको विषयमा सम्बन्धित सरोकार वाला व्यक्तिहरु सँग कुरा हुँदा पनि चितबुझ्दो विकल्प नआउँदा स्थानीयहरु अझ बढी आक्रोशित भएको स्थानिय निर्मल माझीले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।

यो बाटो नितान्त धुसेनी जोड्ने मात्र नभएर धुसेनी हुँदै अन्य विभिन्न ठाउँमा जाने पैदलयात्रीले प्रयोग गर्ने अती आबस्यक बाटो भएको हुँदा इन्द्रावती गाउँ पालिका ,५ न वडा कार्यालय र सरोकारवाला सम्बन्धित सबैको बेलैमा ध्यान जान जरुरी  रहेको स्थानिय पत्रकार बुद्धि आचार्यले बताउनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,